Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

कोभिडविरुद्धको लडाइँ सफल बनाउन सबैको भूमिका आवश्यक छ : ईश्वर पोखरेल

जागरणपोस्ट २६ बैशाख २०७८, आईतवार २२:४२

काठमाडौंँ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड-१९ विरुद्धका लडाइँमा राष्ट्रिय आविष्कार केन्द्रले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । सिंहदरबारमा आज भएको भेटमा उनले केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढ जीवनका लागि लाग्न पुनलाई आग्रह गरे । सरकारका तर्फबाट आविष्कार केन्द्रलाई सक्दो सहयोग गरिने आश्वासन उनले दिएको प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।

कोभिड–१९ विरुद्धको लडाइँ सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको आवश्यक रहेकामा उपप्रधानमन्त्री पोखरेलले जोड दिए । सो अवसरमा केन्द्रका अध्यक्ष महावीर पुनले कोभिड–१९ को संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामान तयार गरी निःशुल्क वितरण गरेको र अहिलेसम्म ३८ हजार ५०० थान पिपिई निःशुल्क वितरण गरिसकेको जानकारी दिए । वैज्ञानिक पुनले संकटकालीनावस्थामा त्यहीअनुसारको अध्यादेश र कानून बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७