Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

आफ्नो नेतृत्वमा तत्काल सरकार बन्नेमा ढुक्क छैनन् देउवा

जागरणपोस्ट २७ बैशाख २०७८, सोमबार ०९:२०

काठमाडौँ : एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तय भएपछि आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा दुई दिनयता निकै उत्साहका साथ सक्रिय भएका थिए । खनाल–नेपाल पक्षका २०/२२ सांसदले राजीनामा दिँदा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले असहयोग गरे पनि सहजै बहुमत पुग्ने देउवाको बुझाइ थियो ।

त्यही हिसाबले शनिबार पार्टीको संसदीय दलको बैठकमा उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई जसरी पनि विस्थापन गर्नुपर्ने धारणा राखे । बैठक चल्दाचल्दै उनी सरकार निर्माणका लागि छलफल छ भन्दै निस्किए पनि ।

माओवादी केन्द्र, एमालेको खनाल–नेपाल पक्ष र जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षबीच विश्वासको मत लिन असफल भएपछि राष्ट्रपतिले ओलीलाई नै संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री नियुक्ति गर्न सक्ने अड्कलबाजी चलेको थियो । त्यसलाई रोक्न तत्काल अविश्वास प्रस्ताव दर्ता गराउनुपर्ने पक्षमा माओवादी केन्द्र र जसपाको यादव पक्षको बढ्ता जोड थियो । प्रधानमन्त्रीले विश्वासको प्रस्ताव राखिसकेपछि अविश्वास प्रस्ताव दर्ता गर्दा कानुनी जटिलता निम्तिन सक्ने भन्दै कांग्रेसले त्यसो नगरी बहुमत सांसदको हस्ताक्षरसहित पत्र बोकेर शीतल निवास जानुपर्ने तर्क गरेको थियो । त्यसैमा सबै सहमत थिए । जब बिहान देउवाले जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई निवासमै बोलाएर छलफल गरे, त्यसपछि भने उनी झस्किए ।

खनाल–नेपाल समूहले राजीनामा दिने भएपछि जसपाले एकढिक्का भएरै सहयोग गर्ने अपेक्षा देउवाले गरेका थिए । त्यसको ठीकविपरीत ठाकुर र महतोले देउवालाई चेतावनी दिने गरी वैकल्पिक सरकार बन्नै नसक्ने ठोकुवा गरे । त्यसलगत्तै प्रधानमन्त्री ओलीसँग ठाकुर र महतोको भेट भयो । लगत्तै जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको निवासमा बसेको पदाधिकारी बैठकको निर्णय र एमाले नेता खनाल–नेपाल पक्षका सांसदले आइतबार दिने भनिएको राजीनामा नआएपछि आफ्नो नेतृत्वमा तत्काल सरकार बन्नेमा देउवा ढुक्क देखिएका छैनन् । –कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७