Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

कोरोना संक्रमण देखिएका सांसदले पनि मतदानमा भाग लिदै

जागरणपोस्ट २७ बैशाख २०७८, सोमबार ०९:४१

काठमाण्डौ : कोरोना संक्रमण देखिएका सांसदहरूले पनि विश्वासको मतका लागि मतदानमा भाग लिन पाउने भएका छन् ।

प्रतिनिधि सभा बाहिर टेन्टमा मतदानको व्यवस्था मिलाइएको हो । सांसदहरूलाई हावा जाने खुला स्थानमा बस्ने व्यवस्था मिलाउने तयारी गरिएको छ । प्रतिनिधि सभाका २६ सांसदलाई कोरोना संक्रमण देखिएको थियो।

सांसदहरूले प्रधानमन्त्रीमाथि विश्वास छ कि छैन भन्ने मतमा हस्ताक्षर गरेर दिनेछन् । मतपत्रमा हुन्छ र हुन्न तथा मत दिन्न भन्ने व्यवस्था हुनेछ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार कोरोना संक्रमण देखिएका सांसदहरू पनि मतदानमा भाग लिन पाउने व्यवस्था गरिएको हो ।

प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दैछन् । प्रतिनिधि सभामा हाल २७१ सांसद छन् । प्रधानमन्त्री ओलीलाई पदमा कायम रहनका लागि १३६ मतको आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७