Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

एकैदिनमा ७ कोरोना सङ्क्रमितको मृत्यु

जागरणपोस्ट २७ बैशाख २०७८, सोमबार ११:४१

काठमाण्डौ : बितेका २४ घण्टाभित्र पर्सामा सात कोरोना सङ्क्रमितको मृत्यु भएको छ । वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत चार महिला र तीन पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या, कडा निमुनियाबाट ग्रसित रहेको पर्सा निवासी छ र एक बारा निवासी सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।
वीरगन्जको नारायणी अस्पातलमा भर्ना रहेका वीरगन्ज–३ छपकैया निवासी ७२ वर्षीया महिलाको आइतबार दिउँसो १२ः१५ बजे, पर्साको विन्दावासनी गाँउपालिका–४ निवासी ५० वर्षीया महिलाको आइतबार अपराह्न ४ः१५ बजे, पर्साको बहुदरामाई नगरपालिका–२ निवासी ६० वर्षीय पुरुषको आज बिहान ९ः०० बजे र बाराको निजगढ–७ निवासी ६० वर्षीय पुरुषको आज बिहान २ः०० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै वीरगन्जको तराई अस्पतालमा भर्ना रहेका वीरगन्ज–१० निवासी ६० वर्षीय पुरुषको आइतबारे दिउँसो १२ः१० बजे, नेशनल मेडिकल कलेजको अस्थायी कोभिड उपचार केन्द्रमा भर्ना रहेकी पर्साको पकहामैपुर गाँउपालिका– ५ निवासी ३८ वर्षीया महिलाको आइतबार साँझ ६ः३० बजे र वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना रहेकी ६० वर्षीया महिलाको आइतबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७