Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

१०१ वर्षीय साहित्यकार किञ्जल्कको अभिनन्दन गरिने

जागरणपोस्ट २७ बैशाख २०७८, सोमबार १३:२३

काठमाण्डौ : साहित्यकार गोपाल वैद्य ‘किञ्जल्क’को अभिनन्दन गरिने भएको छ । एक सय एक वर्षीय किञ्जल्कको अभिनन्दनका लागि डा नारायणप्रसाद खनालको संयोजकत्वमा १०१ सदस्यीय अभिनन्दन मूल समारोह समिति गठन गरिएको छ ।

समितिको सहसंयोजकमा महेन्द्रलाल प्रधान र रामगोपाल ढेवाजू, सचिवमा कृष्णप्रसाद बाँस्तोला तथा कोषाध्यक्षमा प्रतिभा प्रधान र सहकोषाध्यक्षमा राइम ढेवाजू रहेका छन् ।

साहित्यकार किञ्जल्कको साहित्यिक योगदानको सम्मान गर्दै अभिनन्दन गर्न लागिएको समितिका सचिव बाँस्तोलाले जानकारी दिए । समितिमा कास्की, बागलुङ, पर्वत, तनहुँ, गोरखा, चितवन, नवलपुर, रुपन्देही, दाङ र काठमाडौंका साहित्यकार, सङ्घसंस्थाका प्रतिनिधि रहेका छन् । बाँस्तोलाका अनुसार समितिले अभिनन्दन ग्रन्थ प्रकाशन गर्ने तथा अनुकूल समयमा किञ्जल्कको अभिनन्दन गर्नेछ ।

विसं १९७८ जेठ २ मा प्यूठानको खलङ्गामा जन्मीएका ‘बागलुङे वैद्य’ पोखरा महानगरपालिका­२ भैरवटोल निवासी हुन् । पुख्र्यौली घर बागलुङ भएका उनको परिवार २०१५ सालदेखि पोखरामा बसेको हो । आयुर्वेदमा स्नातक उनले पोखरा भैरवटोलस्थित निवास भैषज्य सदनमा केही वर्ष अघिसम्म औषधालय सञ्चालन गरेका थियो ।

नेपाली र संस्कृत भाषामा सिद्धहस्त किञ्जल्कको पहिलो रचना संस्कृतको किञ्चल्क कणिका २०४० सालमा गोरखापत्रमा प्रकाशन भएको थियो । उनका हिमाद्री महिमा (संस्कृत, २०६१) बद्री केदार दर्शन (पद्यात्मक, २०५४), नीतिशतकम् (पद्यात्मक, २०५४) कृति प्रकाशित छन् । त्यस्तै उहाँका सम्पादित तथा अनुवादित कृति चाणक्य नीतिदर्पण (पद्यानुवाद, २०५४), कुमार सम्भव १, ४, ५ सर्ग (पद्यानुभाव, २०५४), शिव महिमा स्त्रोतम् (पद्यानुभाव, २०५६), विष्णुसहस्त्रनाम (पद्यानुभाव, २०५८), सूक्ति मुक्ताहार (पद्यानुभावसहित, २०५४), लक्ष्मीनृसिंहस्तोत्र भगवच्छरण (२०५७), स्तोत्र साधनपञ्चकम्, कैवल्याष्टक, उपमन्युकृत शिवस्तोत्रको पद्यानुभाव (२०६१) प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७