Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

पुष्पकमल दाहाल प्रचण्ड भन्छन् : राष्ट्रिय समस्या तपाइँ कि म ?

जागरणपोस्ट २७ बैशाख २०७८, सोमबार १६:१३

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धन तथा विकास र समृद्धिलाई तोड्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रचण्डले पार्टीभित्रको आन्तरिक विवादले सिङ्गो देश र समाजलाई आक्रान्त हुने गरी सार्वभौम संसद्लाई प्रधानमन्त्री ओलीले विघटन गरेर आफ्नो दम्भ र अहङ्कार देखाएको टिप्पणी गरे ।

निरङ्कुश र स्वेच्छाचारी तरिकाले संसद् विघटन गरेकाले विश्वासको मत दिन नसकिने प्रचण्डको भनाइ छ । उनले प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कुरा पनि तर्क सङ्गत नभएको र नाटकीय लागेको बताए ।

प्रचण्डले प्रधानमन्त्री ओलीलाई यो सदन र यी माननीय सदस्यसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र रु भनेर पनि प्रश्न गरे। यस्तै उनले बेला–बेलामा आफूलाई राष्ट्रिय समस्याका रूपमा चित्रित गरेको भन्दै राष्ट्रिय समस्या तपाईँ कि म ? भनेर प्रश्नसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७