Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

धार्मिकस्थलमा प्रहरीसँगको झडपमा कम्तिमा ५० जना घाइते

जागरणपोस्ट २७ बैशाख २०७८, सोमबार १७:२९

एजेन्सी: इजरायलका प्रहरीसँगको झडपको क्रममा कम्तिमा ५० जना प्यालेस्टाइनी प्रदर्शनकारी घाइते भएका छन् । इजरायली मिडियाका अनुसार उनीहरु सबै अस्पताल भर्ना हुनु परेको छ । ऐतिहासिक धार्मिकस्थल अल अक्सा मस्जिदमा इजरायली प्रहरीसँग सोमबार प्यालेस्टाइनी प्रदर्शनकारीहरुको झडप भएको थियो । जुन इस्लामहरुको तेस्रो ठूलो धार्मिक स्थल मानिन्छ ।

इजरायली प्रहरीले झडपको क्रममा ठूलो संख्यामा टियर ग्यास र रबरका गोली प्रहार गरेको थियो । जेरुसेलममा प्यालेस्टाइनी र इजरायली अधिकारीहरुबीच तनाबको केही दिनपछि नै जेरुसेलममा हिंसा सुरु भएको हो । यस क्रममा सयौँ प्यालेस्टाइनी प्रदर्शनकारी र २ दर्जन प्रहरी अधिकृत घाइते भएका छन् ।

यस क्षेत्रलाई यहूदीहरुको सबैभन्दा पवित्र धार्मिक स्थलको रुपमा चिनिन्छ भने इस्लामको तेस्रो ठूलो धार्मिक केन्द्रको रुपमा चिनिन्छ । जेरुसेलन दिवसको केही घण्टाअघि मात्रै यहूदी धार्मिक पर्यटकहरुलाई उक्त धार्मिक स्थलमा अस्थायी रुपमा प्रवेश निषेध गरेपछि प्यालेस्टाइनीहरु उत्तेजित रुपमा प्रदर्शन गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७