Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

सानी श्रेयाको बढ्दो सहयोगी भावना !

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार २०:४५

झविन्द्र देवकोटा//

बुटवल : सानै उमेरमा सामाजिक कार्यमा लाग्नु सामान्य कुरा होईन । त्योसँगै आफुलाई बाबाआमाले दिएको खाजा र नाना खर्च कटाएर गरिव तथा विपन्नको सहयोग गर्नु पर्छ भन्ने भावना मनमा ल्याउनु पनि चानचुन कुरा होईन । गरिव तथा विपन्न परिवारका बालबालिका तथा उनीहरुको अध्ययनमा सहयोग गर्नु पर्छ, नाना–खाना र पढाईमा पनि उत्तिकै सहयोग गर्नुपर्छ भन्ने सोचकी धनी हुन् । बुटवल कालिकानगरकी श्रेया कुँवर ।

उनी अहिले १२ वर्षकी मात्र भएकी छन् । हाल उनी बाबा महेन्द्र र आमा मिनाको साथमा युके (लण्डन) को होउन्स्लोमा बसो बास गर्दै आएकी छन् । उनी युकेको स्थानीय स्कुलमा कक्षा ७ मा अध्ययन गर्दछिन् । सानै उमेरमा गरिव तथा असहायलाई सहयोग गर्नु पर्छ भन्ने विचार आएपछि उनले खुत्रुकेमा जम्मा गरेको १ लाख रुपैया तीन वर्ष पहिले आठ बर्षको उमेरमै रुपन्देही बुटवलको इनरह्वील क्लव अफ बुटवल मार्फत सहयोग गरिन, उनका बुवा महेन्द्र बताउछन् । हामी दंग थियौ उनले सामाजिक भावना देखाएकोमा आमा मिनाले खुशी ब्यक्त गरिन् ।

श्रेयामा सामाजिक कार्य गर्नु पर्छ र दीनदुःखीलाई सहयोग गर्नु पर्छ भन्ने भावना कहाँबाट आयो हामी दंग छौ–मिना बताँउछिन् । आमा मिनाका अनुसार श्रेयाले आफ्नो जन्मदिन, दशै तिहार लगायतका चाडपर्वमा पाएको रकम संकलन गर्ने गर्दछिन् । उनका दाजु प्रितम क्षेत्री, सुसान्त थापा, प्रिया र सरिता क्षेत्रीले पैसा जम्मा गर्न सहयोग गर्ने गरेको पनि मिनाले बताईन् । उनले अहिले सम्म युकेबाट ३ लाख २० हजार रुपैयाँ पठाई सकेकी छन् ।

यो उनको सहयोगी भावना धेरैका लागि सिकाइ बनेको छ । बुटवलमा रहेको सामाजिक संस्था लायन्स क्लव अफ बुटवल मणि उजेश मार्फत उनले अहिलेसम्म २ लाख २० हजार सहयोग गरि सकेकी छन् । श्रेयाले असहाय, अशक्त र विपन्नलाई सहयोग गर्नुपर्छ भन्दै क्लव मार्फत गरेको सहयोग धेरैनै प्रशन्सनीय छ भन्छिन्, मणि उजेशका अध्यक्ष सोनाली गुरुङ्ग । उनले कोरोना माहामारीमा पनि मणि उजेश मार्फत सहयोग पठाएको गुरुङ्ग बताँउछिन् ।

अध्यक्ष गुरुङ्गका अनुसार नेपालका विभिन्न स्थानमा रहेका असहाय, विपन्न तथा असक्तका लागि मणि उजेश मार्फत सन् २०१८ मा ७० हजार, २०२० मा ५० हजार, २०२१ मा एक लाख रुपैयाँ श्रेयाले सहयोग पठाई सकेकी छन् । त्यसअघि श्रेयाले ईनरह्वील क्लवलाई एक लाख रुपैयाँ सहयोग गरि सकेकी थिईन् । श्रेयाले त्यहाँ युकेमा हुदाँपनि धेरैलाई सहयोग गरेको र बढी जनावरलाई मायारसहयोग गर्ने गरेको उनका बुवा महेन्द्र बताँउछन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७