गुरू साक्षात् परम ब्रह्मा तस्मै श्री गुरू वे नमः
भनिन्छ, ज्ञान सबैको साझा बस्तु हो,ज्ञान जति बाडे त्यति बढ्छ।हामी सनातन धर्ममा विश्वास राख्नेहरूमा ज्ञानको महत्व बुझेर गुरूको सम्मान गर्ने ज्ञानप्रधान संस्कृतिमा गुरू पुर्णिमाको अथाह महिमा छ। त्यसैले आजको दिनमा अठार पुराण लगायत महाभारत धार्मिक ग्रन्थका रचयिता वेदका व्याख्याता महिर्षि व्यासको जन्म जयन्ती दिन भएकोले महिर्षि व्यासको साथै आफुले गुरूत्व ग्रहण गरेको गुरूको महिमा स्मरण गर्ने गरिएको हो।
संस्कृत शब्द गु-अन्धकार र रू-प्रकाश "गिरति अज्ञान इति:" गुरू अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यत्ति नै गुरू हो। आजको दिनमा गुरूलाई सम्मान गरी स्मरण गर्न चाहन्छु।
गुरूको अपार महिमा वोकेको हाम्रो पूर्वीय दर्शनमा शक्ति भन्दा ज्ञानलाई नै अधिक महत्व दिएको पाउछौ।आमा नै सबैभन्दा ठूलो गुरू भनेर वेदमा नै भनिएको बाट प्रथम गुरू आमा नै हुन् भनेर बुझ्नुपदर्छ।
हाम्रो चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डामा चन्द्रलाई माथि राखिनु भनेको ज्ञानको महिमालाई माथि राखिनु हो भन्ने बुझिन्छ।हाम्रो सस्कृति भनेकै गुरू प्रति श्रद्धाभाव राख्ने संस्कृति हो।भनिन्छ गुरू विनाको ज्ञान सफल हुदैन।त्यसैले एक निषद्राज हिरण्यधनुका पुत्र एकलव्यले द्रोणसमक्ष उनी आफूलाई शिष्य स्वीकार गर्न आग्रह गर्दा निषाद्पुत्रलाई शिष्य बनाउन मिल्दैन भन्दै द्रोणले नस्वीकारे पछि एकलव्यले लिसेलो माटो मुछी द्रोणको प्रतिमा बनाएर गुरू स्थापना गरेका थिए। ।यसबाट के बुझिन्छ भने गुरूको स्थापना विना ज्ञान सफल हुदैन भन्ने धारणाले गर्दा एकलब्यले गुरू स्थापना गरेर गुरू दक्षिणा स्वरूप दाहिने हातको बुढी औला नै चढिएका थिए।
हाम्रो गुरू प्रधान संस्कृतिमा राजा भन्दाआचार्य गुरू ऋषि महिर्षिहरू ठूला हुन्थे।ज्ञानले शक्तिलाई नियन्त्रण गर्न सकेन भने शक्ति विनाशमा परिणत हुन्छ भन्ने मान्यताकै कारणले गर्दा ज्ञानको ठूलो महत्व छहामीले इतिहासको मनन गर्दा हाम्रो इतिहासमा राजाको स्थान भन्दा राजगुरूको स्थान मथि रहेको कुरा पृथ्वीनारायणले गुरूलाई श्री 6भनी सम्वोधन गरेबाट थाहा हुन्छ।
महाभारतमा लगायत शास्त्रहरूको आध्ययन गर्दा गुरूले आफ्नो विद्या सत्पात्र चेलामा दिने गरेको देखिन्छ।नीति र बल दुवै गुण अर्जुनमा भएकैले गुरु द्रोणले उनलाई ब्रह्मशिरास्त्र र महादेवले पाशुपतास्त्रजस्ता अमोघ अस्त्र धारण गर्ने सही पात्र ठह-याएका थिए।
मानिसलाई सधै मार्गदर्शकको।खाँचो हुन्छ।। उदाहरणको रूपमा विद्याश्रममा छँदा गुरु द्रोणलाई अर्जुनले मार्गदर्शक बनाए । परिवारका अग्रजलाई पथप्रदर्शक माने । कृष्ण प्रखर नीतिज्ञ र वीर थिए । । अर्जुनको मनोभाव बुझेर उचित परामर्श दिन सक्ने क्षमता उनीसँग थियो । कृष्णमा उनलाई मार्गदर्शन गर्ने क्षमता रहेको बुझेरै श्री कृष्णको मार्गनिर्देश बमोजिम महाभारतको युद्धमा क्षत्रिय धर्म निभाए।। यसरी अर्जुनले समय परिस्थिती र अवस्था अनुसार मार्गनिर्देशनमा रहेर गुरूत्व ग्रहण गरेकि कारण नै श्री कृष्णले अर्जुन जस्ता सत्पात्रलाई गीता उपदेश गरे।जुन अति महत्वपूर्ण र सरगर्भित छ।
हामी सबै भित्र पनि गुरूत्व रहेको हुन्छ।हामीलाई आत्मा दखि नै श्रद्धा भाव सिकाउने अनि यो गर यो नगर भनेर मार्ग दर्शन गर्ने गरेको हुन्छ। हामी भित्र पनि ईश्वर रहेको हुन्छ। पथ प्रर्दशन सत्यको साक्षी नै गुरू बोध हो। प्राणीहरूमा सत्य जानकारी संग्रहित रहेको हुन्छ। त्यसैले गुरू दत्रातयले गुरूत्वको आधारमा धेरै प्रणीहरूलाई(कुकूर,परेवा आदि)गुरू मानेका थिए । सृष्टिका सुन्दर रचनाहरू सबै गुरू हुन्। बीना ज्ञानको सृष्टि नै छैन। तसर्थ प्रत्येक सृष्टिमा गुरूत्व रहेको हुन्छ।
गुरूको सम्मान तव सम्म हुन्छ जवसम्म गुरूलाई पुज्ने संस्कार जिवित रहिरहन्छ।आजको विश्वमा के पनि खतरा छ भने विश्वव्यापीकरणको चपेटाले अरूको भाषा भेष र संस्कृति अनुकरण गर्ने प्रवृतिले गर्दा कतै आमाले मातृ भाषामा दिएको अर्ति उपदेश बुझ्न नसक्ने सन्तानले सही गुरूत्व ग्रहण गर्न सक्लान?सही मार्गदर्शक पहिल्याउन सक्लान?आशंका जन्मनु स्वभाविक हो।त्यसैले हामीले अगाल्ने संस्कृति हाम्रो वैरी हुनुहुदैन।
जस जस बाट मैले धेरै ज्ञान गुणका कूराहरू ग्रहण गर्ने अवशर पाएको महसश गरेको छु ,तपाईहरूलाई मैले गुरूको आशनमा बसालेको छु तसर्थ तपाईँहरू मेरो लागि श्रद्धेय गुरू समान हुनुहुन्छ। आजको दिनमा गुरूको सत्पात्र बन्न सकौ भन्ने कामनाको साथ यस पावन गुरू पूर्णिमाको पूर्वसन्ध्यामा सबै गुरू समान वर्गहरूमा मगंलमय हार्दिक शुभकामना।