प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले रिट हाल्ने तयारी गर्दै

जागरणपोस्ट ९ जेष्ठ २०७८, आईतवार १५:१२

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले रिटको तयारी गरिरहेका छन् । सामूहिक रूपमा सर्वोच्च अदालतमा रिट दायर गर्न रिटलाई अन्तिम रूप दिने र सांसदहरूको हस्ताक्षर सङ्कलन गर्ने काम भइरहेको विपक्षी दलहरूले बताएका छन् ।

अहिले संसद् भवन नयाँ बानेश्वरमा हस्ताक्षर सङ्कलन भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउने एक सय ४९ जनाकै हस्ताक्षर सङ्कलन गर्ने र त्यो नभए पनि बहुमत सांसदको हस्ताक्षर सङ्कलन गर्ने तयारीमा विपक्षी गठबन्धन रहेको छ ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकोमा गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै एक सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई बुझाएको थियो । तर प्रधानमन्त्रीले पनि आफूलाई एक सय ५३ जना सांसदको समर्थन रहेको भन्दै निवेदन पेस गरेपछि राष्ट्रपतिले मध्यरातमा संसद् विघटन गरेका थिए ।

त,र प्रधानमन्त्रीले सांसदहरूको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै त्यसको छानबिन गर्न विपक्षी दलले माग गरेका छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८