Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

मलिका-ए-तरन्नुम : नूरजहाँ

जागरणपोस्ट ९ जेष्ठ २०७८, आईतवार १५:१५

मुम्बै फिल्म जगतका प्रसिद्ध अभिनेता युसुफ खान अर्थात् दिलिप कुमारलाई एकपटक एकजना पत्रकारले सोधेको थियो- “भारत र पाकिस्तानको विभाजन भएर मुम्बैको फिल्म र संगीत उद्योगलाई सबैभन्दा ठूलो घाटा के भएको ठान्नु हुन्छ?”
उनले उत्तर दिएका थिए- “नूरजहाँले मुम्बै छोडेर पाकिस्तान जानू सबैभन्दा ठूलो घाटा हो” ।

२१ वर्षको उमेर नपुग्दै सानै उमेरमा मुम्बैको फिल्म र संगीत जगतमा धूम मच्चाइरहेकी नूरजहाँ सन् १९४७ मा पाकिस्तान फर्केकी थिइन्। जबकि त्यो बेला हालको पाकिस्तानमा जन्मेर मुम्बैमा भाग्य चम्काईरहेका थुप्रै मुस्लिम कलाकार र गायकहरुले आफ्नो भविष्य मुम्बैमैं चम्किने ठानेर पाकिस्तान नजाने निर्णय गरेका थिए। जसमा दिलिप कुमार पनि एक थिए।

नूरजहाँ उर्दू संगीतकी सबैभन्दा प्रसिद्ध गायिका हुन्। प्रतिभाशाली अभिनेत्री पनि हुन्। पाकिस्तानको साँगीतिक र फिल्मी उद्योगमा उनले करिव छ दशकसम्म एकछत्र राज गरिन्। सन् १९२६ मा पश्चिम पंजाबको कसुर भन्ने ठाउँमा जन्मेकी नूरजहाँले बाल्यकालमैं मुम्बैको फिल्म उद्योगमा प्रवेश गरिसकेकी थिइन्। उनले बाँचुञ्जेल करिव २० हजार जति गीत गाइन्। नूरजहाँलाई आजसम्म पनि”संगीतकी साम्राज्ञी” (मल्लिका-ए-तरन्नुम) को उपनामले चिनिन्छ, पुकारिन्छ।

नूरजहाँले गाएका हरेक गीत र उनले खेलेका हरेक फिल्म हिट भैहाल्थे।
“मुझ से पहली सी मुहव्वत मेरे महबुब न माग”, “तू मेरी जिन्दगी है, तू मेरी हर खुशी है”,
“हमारी साँसो मे आज तक वो हिना की खुश्बू महक रही है”,
“अभी ढूँढ ही रही तुझे ये नजर”,
“चाँदनी राते सब जाके सो गए, हम जाके तारों से करें बातें” जस्ता कालजयी गीत नूरजहाँले गाएकी थिइन्। यी गीतहरु पाकिस्तानको सीमाभन्दा बाहिरसम्म पुगेर निकै लोकप्रिय भए।

नूरजहाँले मुम्बैमा रहँदासम्म खानदान, नौकर, जीनत, गावं की गोरी, बडी मां, अनमोल घडी, मिर्जा साहिवा र जुग्नु जस्ता सफल फिल्ममा अभिनय गरेकी थिइन् भने पाकिस्तान फर्केपछि दोपट्टा, नीवं, कोयल र परदेशी जस्ता चर्चित फिल्ममा अभिनय गरेकी थिइन्।

संगीत र अभिनयमा ठूलो नाम कमाएकी नूर जहाँको व्यक्तिगत जीवन भने निकै अस्तव्यस्त रह्यो। उनले दुई पटक विहे गरिन् तर उनको बुढेसकाल नितान्त एक्लो र निरश ढंगबाट बित्यो।
उनले पहिलो बिहे १६ वर्षको उमेरमा अभिनेता शौकत हुसेन रिज्वीसंग मुम्बैमैं गरेकी थिइन्। उनीसंग ११ वर्षपछि पाकिस्तानमा सम्बन्ध विच्छेद गरिन् । उनले ३३ वर्षको उमेरमा आफूभन्दा ९ वर्ष कान्छा एजाज दुर्रानीसंग दोस्रो विवाह गरिन्। उनीसंग पनि ११ वर्षमैं सम्बन्ध विच्छेद भयो। दुबै पतिबाट उनका तीन/तीन ओटा सन्तान जन्मिए। उनी पाकिस्तानका राष्ट्रपति जनरल आगा मोहम्म्द याह्या खान, प्रसिद्ध क्रिकेट खेलाडी नजर मोहम्मद हुसैन र अभिनेता युसुफ खानसंग domestic partner भएर पनि बसिन्। अन्तत: जीवनलाई स्वतन्त्र एवं स्वच्छन्द भएर बिताउने र कसैसंग सम्झैता नगरी आफ्नै शर्तमा बाँच्न खोज्नेहरुको बृद्धावस्था दुखदायी र एक्लो हुन्छ भन्ने दृष्टान्त नूरजहाँको जीवनमा पनि लागू भयो।

नजर मोहम्मद हुसैनसंगको एउटा घटना निकै चर्चित रह्यो। आफ्नै घरमा प्रेमी नजर मोहम्मद हुसैनसंग लुकेर प्रेमालाप गरिरहेको बेला उनका पति एजाज दुर्रानी आइपुगेपछि नजर मोहम्मद हुसैन झ्यालबाट हाम फालेर भागेका थिए। भाग्दा लडेर उनको हात भाँचिएको थियो। हात भाँचिएपछि उनले क्रिकेट खेलबाट नै संन्यास लिनु परेको थियो।
उनीसंगको एउटा अर्को घटनाले पनि पाकिस्तानी राजनितिक वृत्तमा ससानो तुफान त्याएको थियो। रेडियो पाकिस्तानमा एकदिन उनले गीत रेकर्ड गरेपछि रेडियो स्टेसनका निर्देशकलाई भनिन् रे – “राष्ट्रपतिलाई फोन लगाऊ” । डराईडराई उसले राष्ट्रपति कार्यालयमा सम्पर्क गरेर राष्ट्रपति याह्या खानसंग फोन सम्पर्क गरिदियो। त्यतिखेर याह्या खान एउटा उच्च स्तरिय बैठकमा व्यस्त थिए रे। फोन सम्पर्क भएपछि यताबाट नूरजहाँ बोलिन् – “डार्लिङ याह्या ! आज मैनें तीन ठो गीत रेकर्ड किया है, शाम आठ बजे रेडियो पर सुन्ना हाँ”।
त्यसपछि रेडियो पाकिस्तानले साँझ आठ बजे वाध्य भएर नूरजहाँका गीत बजाउनु परेको थियो रे !

जीवनभर गीत, गजल, फिल्म र चर्चापरिचर्चामा रमाएकी नूरजहाँको ७४ वर्षको उमेरमा सन् २००० मा कराँचीमा निधन भयो।

 

स्रोत : खगेन्द्र गिरी कोपिला 

ट्वीटरमा @jagaranpost1

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७