प्रशान्त महासागर : जीवन यो के को लागि ? प्रश्न त सबैलाई उठाउन सहज लाग्छ तर जवाफ के हुनुपर्छ त्यसको खोज भने कमैले गर्छन् होला । जस्ले गर्दा व्यवस्था लोकतान्त्रिक गणतान्त्रिक प्रणाली अन्र्तगत भनिए तापनि त्यसको व्यवहार पक्ष भनेको निरंकुश हुनु र देखिनु सिवाय जनताले अर्को कुनै महसुस गर्न सकेको छैन् । भ्रष्टाचार निर्मूलको कुरा गर्छन् सरकार तर स्वयम् त्यसमै फसेको स्वतः महसुस जस्ले पनि सहजै गरिरहेका छन् । सुशासन र समृद्धिका कुराहरु सरकार गर्छन् तर कसरी कुन बाटो बनी आउँछन् हेक्कासम्म राख्न नसकेको जगजाहेर नै छन् ।
अरु अरु त राजाले यो ग¥यो, त्यो ग¥यो भन्नेहरु विरोध स्वरुप राजा फेर्नेहरु स्वयम् सत्तामा पुग्दा महाराजा बन्न गएको तथ्यले जनता केवल झुक्याउन मात्र हो अब कार्यकर्ताले बुझ्न बाँकी कुरा यति नै हो । हुन त नबुझेको भन्न मिल्दैन् बुझेपनि बुझ पचाउन नयाँ खालको जुन स्वार्थ छ जस्मा आमा बिकेपनि त्यसबाट पाउने कमिसन नाफा हेर्ने संस्कार एक सँस्कृति बन्नु नै हो । यसमा म एकल जातलाई मात्र दोष दिन्न । उसले त केवल हाम्रो कमिको फाईदा लिएको मात्र हो । हाम्रो घाउ निचारेर रगत आउँछ त्यो सिकेको मात्र हो । त्यसैले सर्वप्रथम हामी रहेको कमिलाई निस्तेज पार्ने काम गरौं ।
स्तम्भकार: प्रशान्त महासागर
आज सरकारले जे मन लाग्यो त्यही गर्ने अनेक प्रयासहरु गरिरहेका छन् किन त्यो त म जान्दिन् । भोली शायद यही कुरा गलत भन्ने छन् त्यति मलाई थाहा छ । त्यो बेला सरकारमा रहेका प्रतिपक्षमा हुने छैन् मात्र स्थानान्तरणको सवाल सिवाय अर्को राज्य चलाउने पद्धति मैले देखिन् । व्यवस्था हामीले जुनै चयन गरेपनि अवस्था खराब छ भन्ने मनस्थिति कार्यकर्ता बनी बुझ्न जान्न सकेनौं भने छोराछोरीको आलो रगत पिउन नै हामी बाँचेका हुन्छौं । हाम्रो दायित्व र कर्तव्यको सवालमा एउटा कमाई बाहेक अरु नौलो कुनै हुने छैन् जस्को लागि काँचो मासुकै व्यापार गरेपनि त्यो ठीक मान्नु हाम्रो मानसिकता हुनेछन् । हामीमा इमान धर्मको कुनै औचित्य हुनेछैन् । हामी मानिस हुँ भन्ने कुनै पशुबाट फरक सारको कुरा शेष हुनेछैन् । मात्र कमाईको लागि जे पनि ठीक भन्नु सरासर हाम्रो दैनिकी बन्न पुग्छन् । जहाँ भ्रष्टाचार लुट एक मीठो कमाई बाटो बन्न पुग्छ । यस्तोमा नीति न्यायको कुरा एक आँखामा छारो हार्ने भन्दै आँखा नै फुटाउने चलखेल सिवाय अरु हुनेछैन् । आज म पर्छु होला भोली तिमी त्यो ठाउँमा पर्दैनौ म भन्न सक्दिन् किनभने समय सबैको बदलिन्छन् । रात मेरो मात्र होईन् तिम्रो पनि हो । मैले बुझेको यथार्थता यही हो । त्यसैले कमाई वा रजाई जे उद्देश्यले जस्तो कानूनको संरचना गर्न खोजिए तापनि त्यो जनहीतमा हुन्न भने आमा बेचेर कमाई खाने तरिका मात्र हो अरु कुनै नौलो अर्थको धरातल हुनेछैन् । अतः सरकार जो सुकैले चलाएको होस् सर्वप्रथम त्यसको मर्म र यथार्थता जान्नु अति आवश्यक छ ।
हामीले व्यवस्था परिवर्तन भन्दा राणा फाल्यौं । लगत्तै पञ्चायत खराब भन्दै बहुदल ल्यायौं । त्यो पनि टिकेन् । गणतन्त्र लोकतन्त्र भन्दै राजा त कामै नलाग्ने भन्ने बाटोसम्म पुग्यौं । र जनताकै लागि भन्दै संविधान पनि लेख्यौं । तर संविधान पछिको संसदको सवालमा जनहीतको लागि कुनै कुरा कोही सरकारले कतै गर्दै गरेन् । नाउँ लोकतन्त्र भन्दै लोक विरोधी कार्य शासन मात्र बनेको पाईयो । २०४७ सालमा उठेको सोच जुन प्यासको लागि पानी हो त्यसको कुनै निराकरण कोही सरकारले गरेनन् । मात्र तिमी पक्षमा बस म प्रतिपक्ष हुन्छु नभए फेरि फेर्छु सोच बाहेक जनताको लागि कही कतैं कुनैमा पनि राहत मिल्ने व्यवस्था अनुभव गर्ने एउटा सानो गोरेटो पनि भेट्टाउन सकेनौं । जन विरोधी योजना र कार्यक्रम लगायत भ्रष्टाचार अनियमितता आतंक आदि सरकार स्वयम्ले जनतामा फैलाउनुले यो सरकार या भनौं व्यवस्था लोकतन्त्र गणतन्त्रको होईन् कि भन्ने आशंका पैदा गराउँदछ । झन आरक्षण कोटाबाट कटौती प्रणाली अपनाउनु भनेको नौलो गुठी विधेयकमाथिको हमला हो । हिजो स्वतः लागू गर्न खोजेको कानून आज घुमाउरो पाराले आदिवासी जनजाती लगायत मूलवासीमाथिको अंकुशे हो त्यो । सरकारले पहिचानवादीमाथिको सांघातिक हमला गरेकै हो म मान्दछु । लोकसेवा आयोगबाट आरक्षण कोटा कटौती गर्नु भनेको पहिचानवादीलाई देश निकाला गर्ने एउटा योजना नै हो । हिजो गुठीमाथि कब्जा गर्न खोजेको थियो भने आज सबै ओहडा पहुँचमा पुग्ने बाटो त्यही गुठीयारहरुको बन्द गर्नु भनेको तिमीहरुको देश यो होईन् भन्नु नै हो जबकि नेपाल चार जात छतिस वर्णको साझा फूलवारी हो भनिएको छ । यहाँ फूलहरु सुगन्ध सुघ्ने प्रयास बाहेक सत्ता पक्षले अरु कुनै काम गरेकै छैन् । राजा फालेर महाराजाहरु बन्न पुग्न यो देशमा लोकतन्त्र आउन बाँकी नै छ भनिएको यथार्थता हुन् । एकल जातले रजाई गर्नु गणतन्त्र आयो भन्ने आफ्नै खुट्टामा बन्चरो हान्नु हो । त्यसैले सरकार ! तिमी लक्ष्य र उद्देश्यको लागि बनेका थियौं त्यो बाटोमा अझसम्म कही कुनै दृष्टिकोणबाट हिडेको देखिएको छैन् । त्यसैले समय रहुन्जेल छेपारोले झै घाम ताप्ने काम नगरौं । लोकतन्त्रमा लोकलाई सत्तासिन बनाउने काम गर्न सक्दैनौं भने त्यो राज्य व्यवस्थाको नाउँ अर्कै राख्दा हुन्छ नै । कि अब कम्युनिष्ट शासन मात्र भन्नु प¥यो जे मन लाग्छ त्यही गर्छौं बोल्नुप¥यो होईन् यो लोकतान्त्रिक गणतान्त्रिक प्रणालीमै चल्ने राष्ट्र हो भन्छौं भने आरणक्ष कोटा बढाएर कानूनी कार्वाहीलाई बलियो बनाउने लक्ष्य अनुरुप चल्नु प¥यो । भ्रष्टाचार गर्दिन् भन्ने मुखले हातले कारोवार गर्ने गरिइयो भने यो देशमा भोली तिम्रो पक्षमा बोल्ने पनि कोही हुनेछैन् किनभने त्यो बेला मसानमा तिमी पुगि सकेको हुनेछ । र म कुनै कारणवश मलामी आउन नसक्ने भई सकेको हुन्छु भने दाहसंस्कार गर्ने नभएर गिद्धकै सिनो सिवाय लोकतन्त्र अर्को हुनेछैन् कि…?
प्रशान्त महासागर जागरणपोस्ट डट कम का नियमित स्तम्भकार हुन।