नेपाली तालीवानीहरु

जागरणपोस्ट ३ श्रावण २०७६, शुक्रबार १६:२३

सन १९९६ मा अफगानिस्तानमा सत्तामा आएपछि तालिवानीहरू ले उग्रता देखाउन थाले । त्यस्तै उग्रता नेपाली तालीवानीहरु ले पनि देखाउँदैछन्।

रुपन्देहीको बुटवल बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको मध्य भागमा बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार तिलोत्तमा नगरपालिकाको सडक डिभाइडरमा राखिएका पाँचवटा बुद्धका मूर्ति तोडफोड गरिएको छ ।

तिलोत्तमा नगरपालिकाको लगानीमा बेलहिया सडक खण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मूर्ति राखिएका थिए ।

नगरपालिकाले लुम्बिनी भ्रमणवर्ष प्रवद्र्धन गर्न २२ वटा मूर्ति स्थापना गरेको थियो । ६ लेन सडकको डिभाइडरमा तीनसय मिटर दुरीको फरकमा बुद्ध मूर्ति छन् । तोडफोड गरिएकामध्ये एउटै मूर्तिको तौल ११० किलो छ । २२ वटा मूर्तिमध्ये अज्ञात समूहले जुलाई १७ बुधवार राति ५ वटा तोडफोड गरेका छन् । बुद्धको मूर्ति स्थापनाका लागि नगरपालिकाले ५० लाख रुपैयाँ बजेट छुट्टाएको थियो जसमध्ये गत आर्थिक वर्षको अन्त्यसम्म २३ लाख रुपैयाँ खर्च भएको र बाँकि चालू आर्थिक वर्षमा खर्च गरिने नगरपालिकाले जनाएको छ ।

सन १९९६ मा अफगानिस्तानमा सत्तामा आएपछि तालिवानीहरूले उग्रता देखाउन थाले । एकहजार सातसय वर्ष पुराना विश्वका दुई ठूला ५५ मिटर र ३८ मिटर अग्ला बुद्धका मूर्तिहरू अफगानिस्तानको बामियानमा मार्च २, २००१ देखि तालिवानीहरूले हप्तौं लाएर डाइनामाइट र हवाई आक्रमण समेत प्रयोग गरेर भत्काए । काबुलको म्युजियममा रहेका बुद्धका एकदर्जन मूर्तिहरू पनि उनीहरूले नष्ट पारे । इस्लामिक संस्कृति बाहेकका हरेक सम्पदाहरू नष्ट पार्न तालिवानीहरू उद्धत रहे । बुद्धका मूर्तिमा गोलीका पर्राहरू प्रहार गरे । यो कुकर्मको विश्वले निन्दा गर्यो तर तालिवानीहरूको उन्माद ओर्लिएन । आखिर अफगानिस्तानमा तालिवानीहरूको सत्ता ध्वस्त त भयो तर अझै पनि उनीहरू अफगानिस्तान र छिमेकी मुलुकहरूलाई दुख दिइ रहेका छन् । नेपाल बुद्धको जन्मस्थल लुम्बिनीमा यो कार्य किन र कसरी भयो ? नेपाली तालीवानीहरु  को यस्तो हर्कतको पछाडि कस्को हात र के उद्देश्य हो ? दुईतिहाइ सरकारको सत्ता रहेको बेला यो निरिहताको जवाफ नेपाली जनताले पाउने कि नपाउने ? मूर्तिहरू असुरक्षित रहेको देशमा नागरिकहरूको सुरक्षा के हुने ?

           भरत पोख्रेल

                      

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८