काठमाण्डौ : संसद विघटनविरुद्ध उत्रेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित सर्वोच्च अदालत पुगेका नेकपा एमालेका १२ जना नेतालाई स्पष्टीकरण सोधिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, झपट रावल, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, दीपकप्रसाद भट्ट, कृष्णलाल महर्जन, नारायण खतिवडा, मेटमणी चौधरी, भवानीप्रसाद खापुङ र यज्ञराज सुनुवारलाई स्पष्टिकरण पत्र पठाइएको छ ।
साथै उनीहरुलाई २४ घण्टे अल्टिमेटम पनि दिईएको सचिव तामाङले जानकारी दिए । सोमबारको ओली पक्षीय स्थायी कमिटी बैठकले १२ जना सांसदलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण पत्र पठाउने निर्णय गरेको थियो ।