पाल्पाका स्थानीय तहलाई एनआरएनए अफ्रिकाको सहयोग

जागरणपोस्ट १२ जेष्ठ २०७८, बुधबार १९:४७

पाल्पा : बुद्ध जयन्तीको अवसर पारेर एनआरएनए अफ्रिकाले पाल्पा जिल्लाका विभिन्न स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान अन्तरगत एनआरएनए कङ्गोको संयोजन र लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बी टू एरिया ४ को व्यावस्थापनमा पाल्पा अस्पताल, मिसन अस्पताल, एलएमसी, रामपुर नगरपालिका, निस्दी, पुर्व खोला, रम्भा, बगनासकाली, तीनाउ, माथागढी, रिब्दीकोट र रैनादेवी स्वास्थ्य चौकी तथा आइसोलेसेन सेन्टरमा गरि ३ सय ५२ थान रिफिल अक्सिजन सिलिण्डर सहयोग गरिएको हो ।

संघ र लायन्स क्लबको तर्फबाट सिलिन्डर हस्तान्तरण एरिया चिफ लायन सन्दिप कसौधनले गरेका थिए भने आर्थिक संयोजन एनआरएनए कङ्गोका अध्यक्ष अमृत क्षेत्रीले गरेका थिए ।

एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले पाल्पाका सबै स्थानिय तहसम्म थोरै भएपनि तत्काल आबश्यक अक्सिजन सहयोग गर्न सकिएकोमा खुशी व्यक्त गरे । साथै सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । उनका अनुसार संघले बुधबार नै अछामका अस्पतालहरुलाई अक्सिजन सिलिन्डर सहयोग पुर्याउंदै छ भने जुम्ला अस्पतालका लागि भोलि सहयोग पठाउने छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६