Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

बजेट ७८/७९ : मोरङका उद्योग व्यवसाय क्षेत्रबाट बजेटको स्वागत

जागरणपोस्ट १५ जेष्ठ २०७८, शनिबार २३:३३

काठमाडौं : आर्थिक वर्ष २०७८/७९ को आज प्रस्तुत बजेटका सम्वन्धमा मोरङका उद्यमी एवं व्यापारीले मिश्रित प्रतिक्रिया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राउतले कोरोना महामारी रोकथामका लागि आएको बजेट विनियोजन निकै स्वागतयोग्य र राम्रो पक्ष भएको बताए ।

उनले राजश्व उठाउने लक्ष्य ठूलो भएअनुसार कार्यान्वयन पक्षले बजेट सफल हुने या असफल हुने निर्धारण गर्ने बताए ।
यस्तै, उद्योग सङ्घठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा दुई तहको फरक हुनु पर्छ भन्ने मागलाई एक तहको फरक पर्ने व्यवस्था भएकामा स्वागत गरे ।

नेपाल उद्योग परिसङ्घका प्रदेश अध्यक्ष भीम घिमिरेले सुनसरीको अमडुवामा रहेको छ ६५० बिघा जमीनमा आर्थिक क्षेत्र बन्नुपर्छ भनेर उठाइएको माग सम्बोधन भएकामा खुशी व्यक्त गरे । यसैगरी प्रदेशस्तरीय औद्योगिक प्रर्दशनीस्थलमा बजेट आएकामा स्वागतयोग्य भएको बताए ।

पर्यटन उद्यमी भविष श्रेष्ठले सरकारी कर्मचारीलाई तलबसहित बिदा दिने भनी बजेटमा उल्लेख गरिएबाट आन्तरिक पर्यटन क्षेत्रको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त्त गरे ।

मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले डिजेलमा लाग्दै आएको भ्याट रिफन्ड हुुनु र औद्योगिक व्यवसायिक क्षेत्रलाई बजेटले राम्रोसंँग समेट्न खोजेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७