थालीमा तरकारी कि मासु ? पाप र धर्मको बहस

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ११:४०

डा. अरुणा उप्रेती//

संयुक्त राष्ट्र एवं खाद्य कृषि संगठनले’ तरकारी र फलफूलको महत्व बढाउन र भोजनमा बढी समावेश होस भनेर जागृती फैलाउन सन् २०२१ लाई “फलफूल र तरकारीको वर्ष” भनेर उद्घोष गरेको छ । यसले मानव स्वास्थ्यमा तरकारी र फलफूलको महत्वलाई बढाएर, यस्ता वस्तुको प्रयोग दैनिक जीवनमा गरिनेछ भन्ने आशा छ ।

५४ वर्ष अघि म इरानको “वाम” भन्ने शहरमा जनस्वास्थ्य विज्ञ भएर काम गर्दै थिएँ, भूकम्प गएको क्षेत्रमा । एकदिन ‘वाम’ शहरबाट केही टाढा एक सानो शहरमा खाना खान गर्यौं । सानो चमेना गृहमा मैले त्यहाँका मालिकलाई भने “म शाकाहारी हुँ मासु नहोलेको परिकार दिनु है ।” ‘हुन्छ’ भनेर ती ब्यक्तिले नान, रोटी र सुप ल्याए । म दंगपरे । मुखमा सुप हाल्ने बित्तीकै मलाई थाहा भयो कि ‘यसमा त मासु छ’ “मैले त मासु खान्न भनेको, किन मासु हालेको ?” भनेर सोध्दा चमेना गृहका ब्यक्तिले भने “होइन, यो त मासुको रस मात्रै हो, मासु त मैले झिकिसकेँ नि । यहाँ मासु नखाने मानिसहरू आउँछन् त्यसैगरी हामी सुप पकाउँछौं ।” उनको कुरा सुनेर मलाई हाँसो उठ्यो ।

मैले कालो चियासँग नान र केही फलफूल खाएँ । इरानमा ३ महिना बसुन्जेल मैले होटेलमा जाँदा तरकारी, दाल कहिले खाइन । फलफूल, दही र भात मात्र खाए । इरानमा बस्दा मलाई अनुभव भयो कि “मासुको टुक्रा नखाने मानिसहरू” त्यहाँ शाकाहारी हुँदा रहेछन् । अफगानिस्तान र पाकिस्तानमा बस्दा त मान्छेहरूले “मासु नखाए पनि मान्छे बाँच्न सक्छ र ?” भन्ने प्रश्न गर्थें । ठाउँ र समय अनुसार मासु खाने कि नखाने भन्ने बहस हुन्छ ।

खाना/भोजन मान्छेको संस्कृती, भौगोलिक अबस्थासँग गाँसिएको हुन्छ । ‘जहाँ जे पाइन्छ त्यसलाई प्रयोग गर्ने हो, त्यसैबाट स्वास्थ बन्ने हो । अरूलाई होच्याउनुको तुक छैन’ भन्ने मेरो विचार छ । तर अहिले मलाई ‘मासु’ खाने कि ‘नखाने’ भन्ने प्रश्न गर्दा ‘मन लागे खाने’ भन्न मन लाग्छ । मासु खाए पापीहरू भन्ने, मनमा चसक्क बिझ्ने गरी “नर्क जान्छौं” भन्ने तर्क सुन्दा हास्यपद लाग्छ । तिब्बतको अनकंटार कुनामा जहाँ मासु मुख्य भोजन हो, त्यहाँ गएर ‘तरकारी खाउ, मासु नखाउ’ भन्न सकिन्छ होला ?

कृषि युग शुरु हुनु भन्दा अघि हाम्रा पूर्खाहरू मासु नै खान्थें, उनीहरू ‘पापाी’ भनेर भन्न त सकिन्न होला । कुनै धर्मले मासु नखाउ भन्छ, फेरी कतिजानाको त धार्मिक संस्कारमा पनि मासु र अण्डा नभइ हुँदैन । कति जनाको श्राद्धमा ‘मासु’ उच्चाण नै गरिन्न। क्ति जनाको श्राद्ध संस्कारमा झन बंगुर, खसीको मासु हुनैपर्छ ।

अमेरिकाको ‘अलस्का’ मा बस्नेहरू, पश्चिम बंगाल र बंगला देशका मानिसलाई “माछा नखाउ पाप लाग्छ” भन्दा कति हास्यपद सुनिएला ? “माछी झोल” नभइकन कुनै बंगालीले आफ्नो भान्छाको कल्पना गर्न सक्छ र ? कतिपय ठाउँमा त चिप्लेकिरा, फट्याङग्रा, सर्पो, आदि खान्छन् हजारौ वर्षदेखि । ती समुदायका मानिसहरू मरेपछि नर्कमा परेर, दुःख परेर, पृथ्वीमा कसैलाई आफ्नो अनुभव सुनाएको छ र ? हो, मासु खाँदा अनेक चिल्लो हालेर मज्जासँग आधा किलो चामलको भात दशवटा रोटी खानेहरूको यदि तौल बढेर समस्या भयो भने, मुटुको समस्या भयो भने त आफै मासु कम गर्छन् ।

‘पाप’ र धर्म को बहस गर्नै पर्दैन ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६