ब्रेकिङ न्युज:

सुकेटार विमानस्थलको नाम रविन्द्र अधिकारी कै नामबाट किन ?

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार २०:२७

रविन्द्र अधिकारी त्यति ठूला राजनेता थिएनन् । देशले सम्झिनैपर्ने एक कुशल एवं दुरदर्शीता भएका नेता पनि होईनन र तिनले नेपालको भविष्य नै बदल्ने गरि भिजन पनि ल्याएका थिएनन् ।

 

बिजय ज्ञवाली //

हुन त बिरोधको लागि मात्र बिरोध गरेको पनि भनिएला । तर, कतिपय सवालहरु यस्ता पेचिला पनि बन्दछन र तिनै सवालहरुले पुनश्चः के र किन अनि के आधारमा र कस्तो योगदानबापत भन्ने झनै अनेकथरि पेचिला सवालहरुको उत्पत्ति पनि गर्दछ ।

दुर्घटना साह्रै अप्रीय हुन्छ । कुनैपनि दुर्घटनाले मन मष्तिष्कलाई साह्रै नै विक्षिप्त बनाईदिन्छ। २०७५ फाल्गुण १५ को सेरोफेरोमा दुईवटा ठूला दुर्घटना घट्न पुगेका थिए । यौटा हवाई दुर्घटना त अर्को सडक दुर्घटना। हवाई दुर्घटना होऊस या सडक दुर्घटना, दुर्घटना आखिर दुर्घटना नै थियो । हवाई दुर्घटनामा वहालवाला मन्त्री रविन्द्र अधिकारी सहित सातको मृत्यु भएको थियो भने सडक दुर्घटना पनि ११ जना आम नागरिकको मृत्यु भएको थियो ।

मृत्युमा पनि वर्गिय विभेद

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा पर्यो। वहालवाला मन्त्रीसहित उनका अंगरक्षक, पाइलट, उच्च सरकारी अधिकारी र यति एयरका अध्यक्षसहित ७ जनाको घटनास्थलमैं मृत्यु भयो । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय चासो र चर्चाको विषय बनेको उक्त घटनामा परि तत्कालिन संस्कृति तथा पर्यटन मन्त्री एवं नेकपाका एक चर्चित नेताको देहावसान हुनु सानो विषय पनि थिएन । देशभरका पत्रपत्रिका, अनलाइन, टिभी रेडियोसंगै सामाजिक संजालमा समेत ताप्लेजुङ्ग हेलिकप्टर दुर्घटनाका समाचारले प्रमूख स्थान पायो । वहालवाला मन्त्रीसहित ७ जनाको मृत्यु भएको उक्त घटनाले सवैलाई विक्षिप्त बनायो । मन्त्रीपरिषद्को आकष्मिक बैठक बस्यो, मन्त्री अधिकारीको मृत्युमा राष्ट्रिय शोकको घोषणा गरियो, एक दिन मन्त्री अधिकारिको नाममा सार्वजनिक विदा समेत दिईयो ।

सार्वजनिक बिदा नै बिदामय बनेको मुलुकमा कुनै वहालवाला मन्त्रीको निधनमा सार्वजनिक बिदा दिनु कत्तिको उचित थियो यो भने वहसको बिषय बनेको छ । कतिपय शुभचिन्तकहरु भने राज्यको महत्वपूर्ण पदमा रहेको मान्छेको असमायिक निधन अथवा दुर्घटनामा परि निधन भएको अवस्थामा राष्ट्रिय शोकसंगै एकदिन सार्वजनिक विदा दिनु उनिप्रतिको सच्चा सम्मान भएको तर्क गर्दछन भने अधिकांशले यसमाथि वहस प्रारम्भ पनि गरेका छन् । कतिपय बौद्धिक विष्लेषकहरुको तर्क छः अनावश्यक रुपमा बिदा माथी बिदा थप्नुभन्दा बरु नियमित समय मैं कार्यालय पुग्ने, सेवाग्राहिको समस्यालाई छिटो छरितोरुपमा सम्पन्न गर्ने र घूस संस्कृतिको अन्त्यको लागि दृढ रहने प्रवृतिको बिकास गर्नसके उनिप्रति सच्चा सम्मानको भाव झल्किन्थ्यो भन्ने तर्क गर्दछन। वास्तवमा मुलुकले गर्नुपर्ने नै त्यहिं हो र त्यस्तो संस्कार नै मुलुकको आवश्यकता हो ।

विकशित एवं सभ्य देशमा वहालवाला मन्त्रीको निधनमा सार्वजनिक बिदा दिएर आफ्ना नागरिकहरुलाई अनावश्यक समयको वर्वादी गर्न राज्यले नै उत्प्रेरित गर्दैन । बरु त्यस्ता ब्याक्तिको निधनमा सम्मान र सम्झनास्वरुप देश र नागरिकको सेवा सुविधाको खातिर केही नयाँ कामको शुरुवात गरिन्छ भने केही परिवर्तन गर्ने प्रतिवद्धता जनाईन्छ । राज्यद्वारा नै शुरु गरिने यस्ताकार्यले नै खासमा त्यसरि निधन भएका ब्याक्तिप्रति सच्चा सम्मान हुन्छ भने कर्मचारिलाई समय वर्वादी गर्नबाट रोक लाग्नेछ । एकैदिनमा कयौं सेवाग्राहिहरु लाभान्वित हुने मौका पाऊनेछन । तर हाम्रोमा भने ठिक उल्टो छ । जतिसक्यो सार्वजनिक बिदा दियो । घरमा तास खेल्यो दिन बितायो । सेवाग्राहि कति मर्कामा परे, राज्यको कारोवार कुन स्तरमा झर्यो र राज्यले कति कर गुमाऊन बाध्य भयो, विकाशका काम एकदिन भए पनि पछाडी धकेलियो । त्यतापट्टि भने आखिर कसैको ध्यान जान सकेन ।

प्रसंग मृत्युमा पनि वर्गिय विभेदको थियो । हो, राज्यद्वारामात्र नभएर आम संचार क्षेत्रले पनि मृत्युजस्तो साझा यथार्थलाई वर्गिय विभेदमा रुपान्तरण गरेका छन। हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भयो। तर चर्चा भने उनै मन्त्रीको बढि हुनपुग्यो । दुर्घटना यौटै, मृत्यु यौटै । त्यसपछि क्रमशः यती एयरका अध्यक्षसंगै उच्च सरकारी कर्मचारीहरुको चर्चा भयो भने त्यसपछि बल्ल पाइलट र मन्त्री अधिकारीका अंगरक्षकको चर्चा यदाकदा मात्र भएको पाईयो। समाचारका शिर्षकमा पनि प्रमुख प्राथमिकतामा साना मान्छेका उस्तै प्रकृतिको मृत्युको समाचार अट्न सकेन । मन्त्री अधिकारीको चर्चा आम संचार क्षेत्रमा अझै पनि यथावत छ भने बाँकीका मृत्यु अब बिलाएर गए । सम्बन्धित परिवारजनमा जुन पीडा छ, वस अब त्यत्तिमैं सिमित हुनपुग्यो ।

अर्कोतर्फ सोही हप्ता वैतडीमा जीप दुर्घटनामा ११ जना सर्वसाधारणले ज्यान गुमाऊनुपर्यो । तर उक्त घटनाले न राज्यलाई छोयो, न नै समाचारका हेडलाईन बने । बने त बस, एकदिनका लागि बने, त्यसपछि ती सवै अब स्मृतिमा मात्र सिमित भए । उक्त घटनामा परि ज्यान गुमाऊनेको परिवारजनलाई राज्यले न श्रद्धा देखाऊन सक्यो, न नै सद्भाव र सम्मान प्रकट गर्ने आवश्यकता महसुस गर्यो । राज्यले थाहा पाए पनि नपाएझैं गरेर बसिरह्यो । किनकी उक्त जीपमा साना मान्छेको सवार थियो भने हेलिकप्टरमा ठुला मान्छेको सवार थियो ।

जीप सडकवाट खसेको हो भने हेलिकप्टर आकाशबाट खसेको हो । दुर्घटना र मृत्यु आखिर यौटै भएपनि मृत्युमा पनि वर्गिय विभेदको चरम उदाहरण हो यो । न राज्यले समान व्यवहार गर्न जान्यो, न मिडियाले हेडलाइन बनाईरहन आवश्यक ठान्यो। किनकी जीप दुर्घटनामा भुईंमान्छेले ज्यान गुमाएका थिए । नेपालको हवाई दुर्घटना मात्र हैन, सडक दुर्घटनामा परि बर्सेनि हजारौंले विभत्स रुपमा ज्यान गुमाऊन बाध्य छन आम नागरिक। न नै राज्यले सडकको दुरावस्था सुधार्नतर्फ सक्रिय देखिन्छ, न नै हवाई सुरक्षासम्बन्धि ठोस कार्यनिति कार्वान्यनतर्फ अंघाढि बढ्दछ । दिनहुँ असुरक्षित बन्दै गईरहेको नेपाली आकाशकै कारण नेपालले अन्तर्राष्ट्रिय रुपमा कालोसूचीमा पनि पर्नुपरेको छ भने नेपालको अन्तर्राष्ट्रिय स्तरमा वेईज्यत पनि हुँदै आएको छ ।

मन्त्री अधिकारी, पोखरा बिमानस्थल अनि सुकेटार बिमानस्थल

खासमा रविन्द्र अधिकारी त्यति ठूला राजनेता थिएनन् । देशले सम्झिनैपर्ने एक कुशल एवं दुरदर्शीता भएका नेता पनि होईनन र तिनले नेपालको भविष्य नै बदल्ने गरि भिजन पनि ल्याएका थिएनन् । हो, अधिकांशको भिडमा अधिकारी केही फरक त थिए, तर नितान्त फरक चाहिँ होईनन है । देशले नसम्झी नहुने एक कुशल राजनेता अधिकारी पक्कै थिएनन् । सायद हेलिकप्टर दुर्घटनामा परि उनको निधन नभईदिएको भए भविष्यमा केही खास योगदान पो गरिहाल्थे कि ? ती सवै कुरा अव ओझेलमा पनि परेका छन? भविष्य कसको पो के थाहा लाग्दछ र ? कसैको भविष्यको बारेमा आँकलन गर्न पनि सकिँदैन । हुनसक्छनः रविन्द्र अधिकारीका कतिपय योजनाहरु थिए होलान् । ती योजनाहरुलाई कार्वान्यनको पाटोतर्फ मन्त्री जांदैथिएहोलान् । कतिपय योजना बुन्न नपाऊंदै उनीमाथी यो दुःखद घटना घट्न पुग्यो । उनका उद्देश्यमाथी सदाका लागि नै पूर्णविराम लाग्यो ।

दिऊंसोको संकेत बिहानीले गर्दछ भनेझैं उतिबेलै पनि वर्तमान सरकारको कार्यशैली र गति मापन गर्ने हो भने सम्पूर्ण आश नै निराशमा परिणत भएझैं लाग्दछ । संस्कृति तथा पर्यटन मन्त्रालय नै सम्हालेता पनि मन्त्री अधिकारीको एकबर्षे कार्यकाल सन्तोषजनक भने अवश्य होईन । बरु निजगढ अन्तर्राष्ट्रिय बिमानस्थलको नाममा पर्यावरणीय मूल्यांकन नगरिकनै लागि धमाधम २४ लाख ५० हजारौं रुख काट्न देखाईएको हतारो र पछिल्लो समय चर्चित घोटालाको रुपमा सामुन्ने आएको ञवाईडवडी काण्डझ रविन्द्र अधिकारी जोडिएर आऊनुले केही गढवढको संकेत त अवश्य गर्दथ्यो । भलै अनुसन्धानको दायरामा रहंदैगर्दा उनको निधन हुन पुग्यो। तर अनुसन्धानपश्चात मात्र उनीबारे यकिन हुन सकिएला र अख्तियारले पनि वाईडबडी काण्डबारे यथासक्य छिटो अनुसंधानलाई टुंगोमा पुर्याएमा र उनी निर्दोष भएको खण्डमा उनिप्रतिको सच्चा सम्मान झल्किन्थ्यो । तर, भोलीका दिनमा अनुसंधानकै क्रममा दिवंगत मन्त्री अधिकारी पनि दोषी देखिए भने के गर्ने त ? राज्यलाई अर्वौं नोक्सान पुर्याऊन सहयोगी भूमिका खेलेको अनुसंधानबाट पत्ता लाग्यो भने त्यसबेला के भन्ने ?

हामी अलिक बढि भावुक हुन्छौं । हामी बढि भावनामा पनि बग्दछौं । दुर्घटनामा मृत्यु एकजना मन्त्रीको मात्र भएको छैन, अरु नागरिकको पनि संगै यौटै मृत्यु भएको छ । दुर्घटनाजस्तो गम्भीर कुरा कसैले चाहेर हुने या गराईने कुरा पनि होईन । ती सवै अकस्मातका गम्भीर घटना हुन। रविन्द्र अधिकारी पनि एक नागरिक हुन भने दुर्घटनामा परि ज्यान गुमाऊने ती तमाम ज्ञात अज्ञात मान्छे पनि यो देशका नागरिक हुन् । भलै दुर्घटना आकाशमा होऊस या सडकमा । दुर्घटनामा अधिकांशको यौटै नियति बनेर आएको छ– मृत्यु । त्योभन्दा पछिका नियतिहरु हुन गम्भीर घाईते, अंगभंग, मानशिक विछिप्तता । हेलिकप्टर दुर्घटनामा मर्ने मात्र विशिष्ठ नागरिक हुने र सडक दुर्घटनामा परेर मृत्यु हुने आम नागरिक जस्ता बिभेदको अन्त्य कैले हुने त ? राज्यद्वारा प्रायोजित यस्ता विभेदको अन्त्यका लागि कसले मुख खोल्ने ? नेकपा कै अर्का एक युवा नेता योगेश भट्टराईले भिआइपीहरुको उडानमा बिशेष सुरक्षा संयन्त्र बनाऊनुपर्ने आवश्यकता महसुस गरेका थिए उति नै बेला । यो देशमा गणतन्त्र स्थापित हुँदासम्म पनि भिआईपी भनेका को रहेछन र योगेश जि ? जान्न मन लागेर आएको छ।

जनताले निर्वाचित गरेर पदमा पठाएकाहरु के ती सवै भिआइपी र मतदान गर्ने जनता सधैव रैती नै हुन तपाईंको नजरमा ? मानिलिऔं यो देशका कथित भिआइपी चढ्नेगरेको जहाजमा एक आम नागरिक यात्रा गर्दैछ र उक्त जहाज दुर्घटना हुन्छ, सवै यात्रीको दुर्घटनास्थल मैं मृत्यु हुन्छ भने मेरो मूल्यांकन राज्यले गर्ने कि नगर्ने त ? गणतन्त्रमा स्वघोषित भिआइपीहरु को को हुन त भट्टराई जि ? आशलाग्दो यौटा युवा नेताको यसप्रकारको बिचार र चिन्तनबाटै प्रष्ट हुन्छ, राजनीति गर्नेहरु आफुले आफुलाई कुन हैशियतमा तुलना गर्न तल्लिन छन भन्ने कुरा । जनताले मतदान गरि निर्वाचित भएका जनप्रतिनिधिहरु जनताकैं अंघाढि भिआइपीको ढोंग रच्दै रवाफ देखाऊन थाल्दछन भने कथित ती नेताहरु भिआइपी नभएर निम्नस्तरका राजनीतिज्ञमात्र हुन् ।

स्व. मन्त्री अधिकारीको निधनपश्चात पोखरा बिमानस्थलको नाम नै रविन्द्र अधिकारीको नामबाट राख्ने चर्चा खुबै चल्यो। पोखरासंग रविन्द्र अधिकारीको घनिष्ठ सम्बन्ध पनि छ । पोखरालाई निर्वाचन कार्यक्षेत्र बनाएका रविन्द्र अधिकारीले हुनसक्तछ पोखराका लागी केही धेरै राम्रा काम गरेका पनि होलान् । यसो भन्दैमा सम्पूर्ण पोखरा रविन्द्र अधिकारीको मात्र पनि त होईन । राजनितिमा फरक आस्था राख्ने अन्य राजनैतिक नेता तथा कार्यकर्ताको पनि पोखरा होला । राजनीतिबाट बाहिर रहेर ब्यापार, ब्यवसाय गरिरहेकाको पनि पोखरा होला । पोखरालाई जन्मथलो र कर्मथलो बनाएका ती तमाम साना–ठुला मान्छेहरुको पनि पोखरा होला भने पोखरा भन्दा बाहिरका मान्छेको पनि त पोखरा होला ।
फेरि अर्कोतर्फ पोखरामा रविन्द्र अधिकारीले मात्र योगदान गरे भन्ने पनि त छैन ।

चर्चामा आएको पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल रविन्द्रकै जोडबलमा निर्माणाधिन रहेता पनि के यौटा जनप्रतिनिधिले आफ्नो कार्यक्षेत्रमा त्यत्तिको विकाशको अवधारणा अंघाढि नसार्ने त ? ठिकै छ, रविन्द्र अधिकारीको जोडवलमा पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थल बन्नेभयो । उनी यौटा जनप्रतिनिधि थिए, राजनितिमा उच्च पहुँच र सम्पर्क थियो । उनले आफ्नो कार्यक्षेत्रमा यौटा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता महसुस गरे र पोखरालाई अन्तर्राष्ट्रिय बिमानस्थल दिलाएरै छाड्ने योजनाका माझ उनी हामीबाट बिदा लिएर गए । उक्त विमानस्थलसंगै कतिपय उनका चासो र स्वार्थहरु पनि मिसिएका थिए होलान । अब उक्त योजनाको नेतृत्व अर्को कुनै राजनैतिक नेताको नेतृत्वमा अंघाढि बढ्ला । विकाश निर्माणको लागि यो स्वाभावतः प्रक्रिया पनि हो । तर, पोखरा विमानस्थलकै नाम उनकै नामबाट प्रायोजित गरिनुपर्ने भन्नेचाहिं अरिरन्जना मात्र हो । हो, उनीप्रति सद्भावको लागि यो आवाज उठ्नु जायज पनि छ ।

तर, के रविन्द्र अधिकारी यो देशको उच्च आदर्श र मूल्यमान्यता पाएका ब्याक्ति थिए र ? या अन्तर्राष्ट्रिय स्तरमा चिरपरिचित एवं चर्चायोग्य नेता थिए र ? या समग्र देश बदल्नकै लागि कुनै स्पष्ट भिजन दिएका थिए ? अथवा देशले रविन्द्र अधिकारी लाई सदैव सम्झिरहनुपर्ने कारण चाहिँ खासमा के हो त ? कुन योगदानवापत रविन्द्र अधिकारीको नामबाटै अन्तर्राष्ट्रिय विमानस्थलको नामाकरण गर्नुपर्ने ? देशको नेतृत्व तहमा बसेका एकजना राजनैतिज्ञको हेलिकप्टर दुर्घटनामा परि ज्यान गुम्नु दुखद पक्ष हो । सद्भावको पक्ष हो । तर, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमैं प्रतिष्ठित नेता भने अवश्य थिएनन् । छातीमा हात राखेर भन्नेहो भने बर्तमान नेपाली राजनीतिमा एकजना पनि कुशल र ईमान्दार नेता हामीले पाएकै छैनौं । मृत्युपश्चात सद्भावको ओईरो लाग्ने कुरा यौटा हो, तर यो देशको उच्च नेतृत्वदेखि कार्यकर्तासम्म एकजना पनि नेतामा ईमान भन्नेकुरा हामीले ऐलेसम्म देखेकै छैनौं । त्यस्ता ईमान्दार नेता कि त ओझेलमा पारिएका छन, कि त राजनीतिदेखि विरक्त लागेर राजनीतिबाटै सन्यास लिएर बसेका छन् ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा पर्यटकिय नगरी पोखराको जुन चर्चा र सम्बन्ध छ, त्यसलाई तोड्नु भने हुँदैन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नामले पोखरा जति प्रख्यात हुनेछ, त्यसमा ब्याक्तिविशेषको नाम जोडेर राख्नुको खास अर्थ देखिंदैन । कुनैपनि देशले योगदानको आधारमा त्यस्ता ब्याक्तिको कदरस्वरुप कतिपय गौरवका आयोजनामा ब्याक्ति विशेषलाई चिनाऊने कार्य गर्दछ । जसको कारणले देश चिनिन्छ । दिवंगत मन्त्री अधिकारीको नामले नेपाल कसैले चिन्दैनन् । यो त हाम्रो भावनाको कुरामात्र हो।यसरि राष्ट्रिय गौरवका आयोजनामा ब्याक्ति विशेषलाई जोडेर उसको नामबाट आयोजनाको नाम नै राख्दैगर्दा उसको योगदान पनि हेरिनुपर्दछ। राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पपुलारिटि हेरिनुपर्दछ, जसले गर्दा उक्त ब्याक्तिको नाम लिंदामात्रै उक्त देश बुझ्न सकियोस । दिवंगत मन्त्री अधिकारीको सम्मानमा धेरै कामहरु गर्न सकिन्छ । बरु मुलुकको भ्रष्टाचार निर्मुल अभियान उनकै सम्मानमा गर्न सकिन्छ, प्रशासनिक क्षेत्रहरुमा हुने ढिलासुस्ती, लापरवाही र गैरजिम्मेवारी हटाऊने अभियान उनकै सम्मानस्वरुप गर्न सकिन्छ ।

पोखरालाई अझै विश्वस्तरिय पर्यटकिय गन्तव्य बनाएर उनीमाथी सम्मान ब्यक्त गर्न सकिन्छ । उनीमाथी सम्मान प्रकट गर्ने बाटाहरु धेरै छन– सुधारका बाटाहरु । तर, यौटा बिमानस्थलको नाम उनकै नामबाट राख्दैमा उनीमाथी सच्चा सम्मान हुनसक्तैन । बरु त्यहिं विमानस्थललाई अझ विश्वस्तरिय एवं विश्वसनिय एवं भरपर्दो बनाएर उनीमाथी सम्मान गर्न सकिन्छ । दिनहुँ असुरक्षित नेपालको उड्ड्यन क्षेत्रलाई येथेष्ठ सुधार एवं सुरक्षित बनाऊँदा उनकै सम्मान झल्किन्छ । तर, पर्यटकिय नगरि पोखराको मुल साईनो विमानस्थल र पोखराको गर्वलाई विमानस्थलकै नामबाट मेटाऊन खोज्नु तर्कसंगत कुरा भने होईन । पोखराको सौन्दर्यतालाई हामीले मूलढोकाबाटै प्रचारप्रसार गर्नुपर्दछ। पोखराको भुगोल र पोखरा विमानस्थलबाटै अलग्याईनु हुँदैन । विश्वले पोखरा भनेर जसरि सम्झिन्छ, त्यो पोखरा र पोखराको भूगोलको साईनो विमानस्थलबाटै छुट्ट्याईनु हुँदैन ।

यो त भयो पोखरा बिमानस्थलको कुरा । जतिबेला उनको मृत्युको चर्चा थियो र पोखरा बिमानस्थलको नामाकरण उनै अधिकारीको नामबाट गर्ने भन्ने भावनात्मक उत्तेजना थियो। यता सरकारले फेरि बजेट प्रस्तुत गर्दैगर्दा ताप्लेजुङ्गको सुकेटार बिमानस्थलको नाम तिनै स्व. अधिकारीको नामबाट नामाकरण गर्ने भनेर बजेट पाठमैं उल्लेख गरेको रहेछ ।

तर जनताले तिरेको करबाट उठेको राज्यको लगानी, विदेशी सहयोग र ऋणमा बनेको भौतिक पूर्वाधारहरुमा नेताहरुको नाम राख्नु कदापी सहि छैन । चाहे त्यो जुनसुकै पार्टीको नेता किन नहोऊन, यसरी देश परिवर्तन र विकासमा कुनै ठुलो योगदान नगरेका नेताहरुको नाममा भौतिक पूर्वाधारको नामाकरण गर्दै जानु एकहिसाबले त्यस स्थानको ऐतिहासिकता र पहिचानलाई क्लोनाइजेशन गर्नु पनि हो ।

फेरि अर्कातर्फ सुकेटार विमानस्थलको नाम स्व. रविन्द्र अधिकारी को नाममा राख्दैमा उनीप्रति उच्च सम्मान गरिएको भन्ने पनि हुँदैन । एक त पूर्वका जिलाहरु अझ विशेष गरेर ताप्लेजुङ्गकै नागरिकले भनौं न स्व. अधिकारीलाई राम्रोसंग चिनेका पनि रहेनछन् । सरकारले सुकेटार विमानस्थलको नाम बदलेर स्व. अधिकारिको नामबाट राख्ने घोषणा गरेसंगै प्राप्त प्रतिक्रियाले यसै कुरालाई पुष्टि गर्दछ । यसको साटो बरु स्थानिय भाषा संस्कृति सुहाऊंदो नाम नै उचित हुनेछ । स्थानिय मौलिकता जोगिनेछ ।

राष्ट्रिय राजनीतिमा औसत छवि बनाएका स्व. रविन्द्र अधिकारीको सम्झना र सम्मान र योगदानवापत बरु पोखरा बिमानस्थलको मूल गेट अंघाढि यौटा पूर्णकदको शालिक बनाएर उनीमाथी सम्मान एवं सदैव सम्झनयोग्य बनाऊन सकिन्छ ।

twitter.com/@gyawaligulmi

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७