कस्तो हुनुपर्छ बालबालिकाको शिक्षा प्रणाली? नारायण गाऊँलेको बिचार

जागरणपोस्ट १० श्रावण २०७६, शुक्रबार १८:२९

बेलायतमा यसै हप्ता शैक्षिक सत्र सकियो । यी तीन नेपाली बालबालिका अब कक्षा दुईबाट तीनमा उक्लिनेछन् ।
कहिल्यै यिनले बोकेको झोलामा किताब र कापीका गह्रुँगा चाङ् भएनन् । होमवर्क पनि हप्ताको एक दिन र त्यो पनि बीस-तीस मिनेटमा सकिने खालको रह्यो । झोलामा पातला र आफ्नै रोजाइका एकदुई पुस्तक र एउटा कापी, बस् । यिनले फाइनल परीक्षा पनि दिएनन् । बरु अन्तिम हप्ता खेलकुद, शैक्षिक भ्रमण, सामूहिक नाट्य प्रस्तुति, परिवारसहित पिकनिक र अन्य रोचक गतिविधि गरेरै सकियो ।

स्कुल पनि कति रमाइलो । निश्चित विषयमा यो स्तरको सिकाइ गर्ने भन्ने फ्रेमवर्क छ । कम्तीमा यति सिकाउने भन्ने पाठ्यक्रम छ तर कुनै ठोस पाठ्यपुस्तक छैन । किताब त छिमेकको लाइब्रेरीमा छँदै छ चाहिए जति । यो निम्न प्राथमिक तहमा धेरै शिक्षक चिन्न पनि नपर्ने । एउटा ‘क्लास टिचर’ र एउटा ‘टिचिंग एसिस्टेन्ट’ मात्रै । तिनैले अंग्रेजीदेखि गणित र विज्ञानदेखि कलासम्म सिकाउने । बच्चाहरू ग्रुप मिलाएर राउण्ड टेबलमा बस्छन् । उनीहरूलाई थाहा हुँदैन तर हरेक टेबल तिनको सिकाइ र क्षमताअनुसार बनाइएका छन् । क्रिश्चियन चाडबाहेक अन्यमा बिदा त हुँदैन तर तिनले दीपावलीदेखि ईदसम्मका ती चाडपर्वबारे कक्षामैं पढ्छन् । अघिल्लो स्कुलमा मेरो छोरोले स्कुलमैं देखाइएको रामायण नाटकमा राम बनेर खेलेको थियो ।

केही सामान्य तर रोचक पक्ष छन् । तपाईं विद्यार्थी, कामदार, लीगल-इल्लीगल शरणार्थीजस्ता जुनसुकै भिसा र हैसियतमा भए पनि तपाईंका छोराछोरीले निःशुल्क शिक्षा पाउँछन् । बच्चालाई नियमित विद्यालय नपठाउनु अक्षम्य कानुनी अपराध हो र यो अपराध प्रमाणित भएमा तपाईं जेल बस्नेमात्रै होइन, भविष्यमा कतिपय रोजगारीका निम्ति अयोग्य हुनुहुन्छ ।

हरेक विद्यालयको एउटा सरकारी तर इन्डिपेन्डेन्ट संस्था (Ofsted) ले अनुगमन र रेटिंग गर्छ । बिहानदेखि बेलुकासम्म त्यो टिम विद्यालयमा रहेर भौतिक, शैक्षिक र वातावरणीय अनुगमन गर्छ । अभिभावकदेखि विद्यार्थीसम्मलाई सोध्छ । कक्षामा बसेर पढाइको स्तर हेर्छ । पर्याप्त खेलकुद मैदान छ कि छैन, खानाको गुणस्तर छ कि छैन, बच्चाहरूले सिकिरहेका छन् या छैनन्, ती कत्तिको खुशी छन् र विद्यालय भवन सुरक्षित छ या छैन जस्ता शीर्षकमा उसले रिपोर्ट तयार गर्छ । यो रिपोर्टले विद्यालयको भविष्यमात्र होइन, त्यो क्षेत्रको घरको मूल्यदेखि प्रतिष्ठासम्म फेरबदल गर्छ ।

एउटा क़ुरा भने नेपालसँग मिल्दोजुल्दो पनि छ । विद्यालय सञ्चालक समिति भनेजस्तै यहाँ पनि गभर्निङ् बड़ी हुन्छ । र त्यसलाई राजनीतिको ढोका पनि भनिन्छ । गभर्नर भएर काम गरेपछि समुदायसँग चिनाजानी बढ्छ र पार्टीले स्थानीय चुनाबमा सजिलै उम्मेद्वार बनाउँछ । नत्र कसले कसलाई चिन्नु ! सबै आफ्नो काममा मस्त छन् । अँ, यो गभर्नर बन्न नेपालमा जस्तो ठूलै उत्पात गर्न भने पर्दैन । धेरैजसो विद्यालयले अनुरोध गरेर मात्रै बन्न तयार हुन्छन् ।

नेपालमा पनि निश्चित पाठ्यक्रम बनाउने र जथाभावी पाठ्यपुस्तक छाप्न नदिने हो भने अभिभावकको पैसादेखि जङ्गलसम्म जोगिने थियो । शिक्षक पनि सिर्जनशील बन्ने थियो । हाल यस्तो छ कि, मसँग पढेका र पाठ्यपुस्तक नलेखेका मबाहेक अर्को कोही छैन । म पनि नेपालमैं भएको भए दुईचार पाठ्यपुस्तक लेखिसक्दो हुँ । तर बल्ल मैले शिक्षाको बेसिक बुझ्दै छु!

नारायण गाऊँले

(प्रस्तुत बिचार लेखकको फेसबुक स्टाटसबाट साभार गरिएको हो। विश्वका समृद्ध मुलुकमा बालबालिकाको लागि अवलम्वन गरिने शिक्षा प्रणाली र र बालबालिकालाई मानशिक, शारीरिक तथा भौतिक रुपमा र अभिभावकलाई आर्थिक रुपमा अत्यन्तै बोझ बन्दै गईरहेको नेपालको शिक्षा प्रणालीको बारेमा तुलनात्मक रुपमा राम्रो चिरफार गरिएकोले उक्त स्टाटसलाई हामीले यहाँ पनि राख्न उपर्युक्त हुने देखेर हामीले जागरणपोस्टमा अपलोड गरेका हौं।)

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६