दरवार हत्याकाण्ड : एक सुनियोजित राजनैतिक षड्यन्त्र

जागरणपोस्ट १९ जेष्ठ २०७८, बुधबार २०:२७

चन्द्रमणी गौतम//

‘द हिमालयन सेन्टिमेन्ट’ लगायत आधा दर्जन खोजमूलक पुस्तकका लेखक तथा ८/९ वटा पुस्तकका सहलेखक, प्रो. वाङ् खोङ्वे (१९३६–) बेइजिङ्को सत्ताका भरपर्दा बुद्धिजीवी मानिन्छन् ।

इन्स्टिच्युट अफ एसियन प्यासिफिक स्टडिज र इन्स्टिच्युट अफ चाईनिज एकेडेमी अफ सोसल साइन्सेजका प्राध्यापक र शांघाईस्थित चाईनिज एसोसिएसन फर साउथ एसिया स्टडिजका सल्लाहकार पनि रहिसकेका यिनी चीनको कुनै सरकारी ओहोदामा भने रहेनन् । तर नेपाल र दक्षिण एशिया विज्ञ मानिएका यी उच्च दिमागका विश्लेषक एकताका नेपालसम्बन्धी नीति निर्माण प्रक्रियामा चीनमा सर्वाधिक प्रभाव राख्ने आधिकारिक व्यक्तिकै समकक्षी बुद्धिजीवी मानिन्थे ।

राजा महेन्द्रको पालादेखि नै नेपालविज्ञका रुपमा कार्यरत, धेरै सोच–बिचार पुर्याएर बोल्ने भनी मानिएका ८४ वर्षीय प्रो. वाङ् उसैबेलादेखि दर्जनौँ पटक नेपालको भ्रमणमा आए । उनले २०६४ कात्तिक ९ गते नेपाल साप्ताहिकका तत्कालीन सम्पादक सुधीर शर्मासँग गरेको अन्तर्वार्ता निकै खुलस्त थियो । त्यसलाई आजको लागि सान्दर्भिक हुने दृष्टिकोणले यहाँ प्रस्तुत गरिएको हो । प्रो. वाङ्को उक्त अन्तर्वार्ता नेपाल सा. को सोही अन्तर्वार्तामा उल्लेखित छ । (नेपाल सा., आईतबार, १८ कात्तिक २०६४, पृ. २८ मा प्रकाशित टिप्पणी र अन्तर्वार्ताको आधारमा)

वास्तबमा नेपालमा राजतन्त्र समाप्त भएर गणतन्त्र आएपछि परिवर्तनका संवाहकहरू पराजित मानसिकतामा पुग्नु तर विदेशी शक्ति आक्रामक र निर्णायक हुँदैजानु वर्तमान परिवर्तन अभिशाप भएको विशेषता हो । यिनै प्रो. वाङ् ०६३ साउनमा एकसाता लामो नेपाल भ्रमणमा आएको बेला उनले काभ्रेको कामिडाँडामा रहेको माओवादीको शिविरमा पुगेर निरिक्षणमात्र गरेनन् माओवादीको सैन्य ड्रेस लगाएर धेरै पटक विभिन्न विभागिय मन्त्री भईसकेका वर्षमान पुनसँग बसेर फोटो खिचेको तस्बीर र विवरण नेपाल साप्ताहिकको ३ असार २०६४ को मुखपृष्ठ र पृ. २६ मा पनि छापियो । यसको राजनीतिक अर्थ के हुन्छ ? परिवर्तनका संवाहकले अर्थ लगाउनु जरुरी हुन्छ ।

चिनियाँसँग उनीहरूलाई नेपालमा भूमिका बढाउन आमन्त्रित गर्ने, भारतीय वा अमेरिकीसँग भेट हुँदा पनि त्यसै गर्ने ‘प्रचण्डपथ’ र उनका का ‘सहयात्री’ बनेका नेताहरूका गतिविधिका कारण नेपालको हालत दिनानुदिन खराब हुँदैगएको हो । ०६३ साउनकै भेटका बेला तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले चीनलाई नेपालमा खुलेआम भूमिका खेल्न गरेको आग्रह (हे. फोटो) र केही वर्षअघि प्रचण्डको तर्फबाट कृष्णबहादुर महराले एक चिनियासँग प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि ५० जना सांसद किन्न ५० करोड रुपैयाँ मागेको चर्चित प्रकरण केको द्योतक हो ? के यस्तै आपराधिक मनपरिको लागि थियो त यो परिवर्तन ?

आश्चर्य लाग्छ ज्योतिषको भविष्यवाणी मिल्न जाँदा । ०५८ बैशाख १ गते प्रकाशित यो ज्योतिष भविष्यवाणी राम्रोसँग पढ्नु त, यो प्रकाशनको डेढमहिनापछि हुन गएको दरबार हत्याकाण्ड कसरि ठ्याक्कै मिल्यो ?

यसमा लेखिएको छ, “राज्यसत्ताको फेरबदल हुनेछ ।….वर्षको आरम्भ वा अन्त्यमा राष्ट्रिय व्यक्तिको बिलय हुन सक्छ । ….राष्ट्रले विश्वासघातको पीडा खप्नुपर्ने छ । जेठ १५ गतेदेखि राष्ट्रिय कलह अनियन्त्रित हुनेछ । त्यसैले राष्ट्रिय संकट निम्त्याउने छ ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६