Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

एचआईभी पोजेटिभहरुलाई घरघरमा एआरभी औषधि

जागरणपोस्ट २२ जेष्ठ २०७८, शनिबार ०९:४२

चितवन : कोभिडको उच्च जोखिममा रहेका एचआईभी पोजेटिभहरुलाई घरघरमै औषधि पुर्याउने व्यवस्था गरिएको छ । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसन नेपाल क्षेत्रीय कार्यालय भरतपुरले एआरभी औषधि नियमित सेवन गर्ने बिरामीका लागि घरघर औषधि पुर्याउँदै आएको हो ।

यस कार्यालयमा नियमित औषधि सेवन गर्ने एक हजार छ जना रहेका छन् । जस मध्ये ४५ जना बालवालिका रहेका छन् । औषधि सेवन गर्दै आएका मध्ये ३० प्रतिशतले अस्पतालमानै आएर औषधि लैजाने गरेका छन् भने बाँकी ७० प्रतिशतलाई घरमानै पुर्याउने व्यवस्था गरिएको कार्यालयका प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए । उनका अनुसार अहिले भरतपुर महानगरपालिका र आसपासका पालिकाहरुबाट अस्पतालमा औषधि लिन आउने गरेको भए पनि टाढा टाढा कार्यालयलेनै पुर्याउँदै आएको छ ।

यसका लागि सहभागी, चितवन सक्रिय महिला प्रतिष्ठान र लुम्विनी प्लस नामक संस्थाले सहयोग गरेका छन् । कार्यालयका तर्फबाट कर्मचारी धिरण अधिकारीले औषधि पुर्याउँदै आउनु भएको छ । यस कार्यालयले चितवन, मकवानपुर, वर्दघाट-सुस्ता पूर्व नवलपरासी, वर्दघाट -सुस्ता पश्चिम नवलपरासी, गोरखा, लम्जुङ्, तनहुँ र धादिङ्का सङ्क्रमितहरुलाई घरमानै औषधि पुर्याउने गरेको छ ।

उनले भने “निषेधाज्ञा सुरु भएदेखि अहिलेसम्म ३ सय ९० जनालाई घरमानै औषधि पुर्याएका छौ ।” नजिकका भए एक महिनाको लागि र टाढाका भए दुई महिनाको लागि औषधि पुर्याईदै आईएको उनले जानकारी दिए । औषधि वितरणका लागि भरतपुर अस्पतालले सहजिकरण गरेको औषधि पुर्याउँदै आएको अधिकारीले बताए । उनले भने “एचआईभि एड्स सङ्क्रमितहरुलाई घरमा औषधि पुर्याउनका लागि भरतपुर अस्पतालको ठूलो सहयोग रहेको छ ।” परिचय पत्र निर्माणदेखि स्थानीय प्रशासनसँग समन्वय गर्ने काम अस्पतालले गरिदिएको उनले बताए ।

कोरोना कहरका कारण अस्पतालमा आएर औषधि लिन नसक्ने एचआईभि सङ्क्रमितहरु घरमानै औषधि पाउँदा लाभान्वित भएका छन् । फाउण्डेसनमा दर्ता भएका १ हजार ५ सय ८५ जना सङ्क्रमित रहेका छन् । उनीहरु मध्ये कतिपयले अन्य केन्द्रबाट औषधि लिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७