Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

आइसिसी एकदिवसिय त्रिकोणात्मक सिरिज स्पेनमा हुने निश्चीत

जागरणपोस्ट २३ जेष्ठ २०७८, आईतवार १०:२७

काठमाण्डौ : आइसिसी विश्वकप लिग–२ अन्तर्गतको खेल स्पेनमा हुने निश्चीत भएको छ । स्कटल्यान्डमा जुलाईमा हुने भनिएको उक्त त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भएको नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिए ।

क्यानले २० जना खेलाडीको माग गरेको छ । उक्त सिरिज हुन डेढ महिना बाँकी छ । तर नेपालले तयारी कहाँ गर्ने भन्ने मुख्य समस्या छ । कोरोना महामारीको कारण लकडाउन भएको अवस्थामा तयारी गर्न समस्या भएको संघले जनाएको छ ।

आइसिसी विश्वकप लिग–२ एकदिवसिय त्रिकोणात्मक सिरिज २०२३ फेब्रुअरीसम्म चल्ने छ । सात टोली सहभागि सबै टोलीले होम अबे त्रिकोणात्मक सिरिज खेल्ने छन् । एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । शीर्ष तीन टोलीले २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् । पुछारका चार टोलीले क्वालिफायर खेल्नुपर्ने हुन्छ । क्वालिफायरमा शीर्ष दुईमा पर्न सके ग्लोबल छनोट खेल्ने अवसर पाउने छन् ।

२०१९ देखि सुरु भएको आइसिसी विश्वकप लिग–२ सिरिजमा नेपालले एक मात्र त्रिकोणात्मक सिरिज खेलेको छ । नेपालले गत वर्ष माघमा घरेलु मैदानमा ओमान र अमेरिकासँग खेलेको थियो । जसमा ओमानसँग दुई खेलमा पराजित हुँदा अमेरिकालाई दुवै खेलमा हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७