Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

सरकार संचालनमा असफल भएको भन्दै समर्थन फिर्ता

जागरणपोस्ट २३ जेष्ठ २०७८, आईतवार १८:१६

काठमाण्डौ : प्रदेश १ को सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएको छ । आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयमा गराएका छन् । माओवादी केन्द्रको चैत १६ गते बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार दलको नेतालाई दिएको थियो । सरकारका गतिबिधिप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी भूमिका निर्वाह गर्न सरकारको समर्थन फिर्ता लिएको माओवादी केन्द्रले जनाएको छ ।

यहाँका मुख्यमन्त्रीले राष्ट्रपति र प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमको समर्थन गरेको, संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको, सरकार संचालनमा पूर्ण असफल भएको तथा कोभिड रोकथाम र उपचारमा असफल भएकोले समर्थन फिर्ता लिएको दर्ता गरिएको पत्रमा उल्लेख छ । प्रदेशसभामा माओवादी केन्द्रका १५ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७