Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

असारबाट कक्षा सञ्चालन गर्न निर्देशन, शिक्षकलाई कोरोना खोपको व्यवस्था

जागरणपोस्ट २३ जेष्ठ २०७८, आईतवार १९:११

काठमाण्डौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक विधि प्रयोग गरी १ असारबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् । बजेट योजना शाखाको बजेट कार्यान्वयन सम्बन्धीको बैठकमा उनले बाँकी रहेको परीक्षा छिटो सकाएर नयाँ भर्ना प्रकृया सुरु गर्न निर्देशन दिएका हुन् ।
यस्तै, मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी १ साउनबाट नै सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन पनि दिएका छन् । उनले बजेटको विषयमा कुनै कसर बाँकी राख्न नहुने भन्दै कार्यान्वयन हुनेगरी काम अघि बढाउन पनि भनेका छन् ।

उनले शिक्षकलाई कोरोनाको खोप लगाउन स्वास्थ्य मन्त्रालयमा पठाएर निवेदनबारे जानकारी लिन आग्रह गरेका छन् । नयाँ पाठ्यपुस्तक ढुवानीको लागि सिसिएमसीसँग पत्राचार गर्न उनले मन्त्रालयलाई निर्देशन दिएका छन् । कार्यक्रममा शिक्षा सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यबिधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७