Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

अनलाइन सपिङ र होम डेलिभरी सेवा नरोक्न सर्वोच्चको आदेश

जागरणपोस्ट २४ जेष्ठ २०७८, सोमबार १८:५६

काठमाण्डौ : सर्वोच्च अदालतले अनलाइन सपिङ र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको छ । उपत्यकामा पछिल्लो समय अनलाइनमार्फत खरिदबिक्री भएको सामानको होम डेलिभरी गर्न प्रहरीले अवरोध गरिरहेका बेला सोमबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अनलाइन माध्यमबाट खरिद बिक्री भएको सामानको होम डेलिभरी गर्न दिन र ई कमर्स सेवा प्रदान गर्ने काम नरोक्न अन्तरिम आदेश दिएको हो ।

गत वर्ष काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा सेवाको होम डेलिभरी गर्नेसम्बन्धी मापदण्ड २०७७ जारी गरेको थियो । तर अहिले रोक लगाएपछि निकेत अग्रवालसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७