Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

जोगिए सूदूरपश्चिमका मूख्यमन्त्री भट्ट, माधव नेपाल समुहको साथ

जागरणपोस्ट २५ जेष्ठ २०७८, मंगलवार १३:२१

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्। उनको पक्षमा ३० मत परेको छ।

नेकपा एमालेको माधव नेपाल समूहले विश्वासको मत दिएपछि भट्ट नेतृत्वको सरकार जोगिएको हो।

माधव समूहका १७ र माओवादी केन्द्रका १३ जना सांसदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका हुन्।

एमाले ओली समूहका ७ र जसपाका २ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन्।

ओली समूहका पठानसिंह बोहरा , लिलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा, माया बोहरा, नेपालु चौधरी, बलदेव रेग्मीले विपक्षमा मतदान गरेका हुन्।

यस्तै जसपाका कृष्ण चौधरी र मालामती रानाले पनि विपक्षमा मतदान गरेका हुन्।

नेपाली कांग्रेस मतदानमा सहभागी भएन। कांग्रेसका १२ जना सांसद तठस्थ बसेका हुन्। नेपाली कांग्रेस संसदीय दलको बैठकले भट्टको पक्षमा मत दिने निर्णय गरे पनि बहुमत प्राप्त हुने भएपछि मतदानमा सहभागी नभएको हो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७