Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

हलिउड अभिनेता जोनी डेपको आज ५८ औं जन्मदिन, उनले पाएका सफलता यस्ता छन्

जागरणपोस्ट २६ जेष्ठ २०७८, बुधबार १४:२७

काठमाण्डौ : हलिउड अभिनेता जोनी डेपले आज आफ्नो ५८ औं जन्मदिन मनाउँदै छन् । उनका शुभचिन्तकहरुले उनको जन्मदिनको अवसर पारेर आज ट्वीटरमा ‘ह्यापी बर्थडे जोनी डेप’ नामक ट्रेन्ड चलाएका छन् । जहाँ हजारौंको संख्यामा उनका फ्यानले बर्थडे पोष्ट शेयर गरिरहेका छन् र उनलाई शुभकामना दिईरहेका छन् ।

जोनी डेपको पुरा नाम जोन क्रिस्टोफर डेप द्वितीय हो । उनको जन्म वि.सं २०२० जेठ २६ गते ओभेन्सबरो, केन्टकी, अमेरिकामा भएको थियो । अमेरिकी अभिनेता र संगीतकार डेप आफ्नो एक्लेक्टिक र अपारंपरिक फिल्महरूको लागि परिचित छन् । उनलाई हलिउड चलचित्रको ‘क्यारेबियन श्रृंखला’ ले क्याप्टेन ज्याक स्प्यारोको रूपमा सबैभन्दा ठूलो सफलता मिलेको हो । उनले स्विनी टोडका लागि सर्वश्रेष्ठ अभिनेताको रुपमा गोल्डेन ग्लोब अवार्ड पनि जितेका छन् ।

२०१२ मा डेप विश्वको सबैभन्दा ठूला फिल्म स्टारहरू मध्येका एक थिए । यससँगै उनले सर्वाधिक कमाई गर्ने अभिनेताका रूपमा गिनीज वर्ल्ड रेकर्डमा पनि आफ्नो नाम राख्न सफल भएका थिए । जसअनुसार त्यो समयमा उनको ७५ मिलियन अमेरिकी डलर कमाई थियो । उनले अभिनय गरेका केही चर्चित फिल्महरुमा फाइन्डिंग नेभरल्याण्ड (२००४), चार्ली एण्ड चकलेट फ्याक्ट्री (२००५), कर्पस ब्राइड (२००५), स्विनी टोड (२००७), ऐलिस इन वन्डरल्यान्ड (२०१०) लगायत पर्छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७