एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अब १० हजार भत्ता

जागरणपोस्ट २६ जेष्ठ २०७८, बुधबार २१:४९

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ । क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको हो ।

दुई दशकपछि क्यानले कार्यविधिमा परिमार्जन गरेको हो । कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको छ । खेलाडीले एक दिवसीय अन्तराष्ट्रिय प्रतियोगिता खेल्दा रु. १० हजार भत्ता पाउने छन् । यसअघि टी २० अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु. पाँच हजार भत्ता पाइन्थ्यो ।

यस्तै, महिला खेलाडीले एक दिवसीय प्रतियोगिताको रु. पाँच हजार र टी २० प्रतियोगितामा रु. तीन हजार पाउनेछन् । खेलाडीले बन्द प्रशिक्षणमा दैनिक रु. पाँच सय भत्ता पाउने कार्यविधिमा व्यवस्था गरिएको छ ।

घरेलु प्रतियोगिता हुँदा खेलाडीले रु. पाँच सय भत्ता पाउने क्यानले जनाएको छ । क्यानले कोषाध्यक्ष रोशन सिंहका संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो । समितिका सदस्यमा दुर्गाराज पाठक र माधव कर्माचार्य रहेका थिए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६