Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

के हो उच्च रक्तचाप ? कसरी सन्तुलनमा राख्ने ?

जागरणपोस्ट २७ जेष्ठ २०७८, बिहीबार १०:१४

काठमाण्डौ : मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनलीको भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ । रक्तचापलाई ‘मिलिमिटर अफ मर्करी’मा नापिन्छ । माथिको रक्तचापलाई ‘सिस्टोलिक’ र तलको रक्तचापलाई ‘डायस्टोलिक’ भनिन्छ ।

सामान्य रक्तचाप १२०/८० भन्दा कम हुनपर्छ । उच्च रक्तचाप भन्नाले माथिको १४० वा सो भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ । माथिको १२० देखि १३९ वा तलको ८० देखि ८९ सम्मको रक्तचापलाई ‘प्रि–हाइपरटेन्सन’ भनिन्छ । यो उच्च रक्तचाप हुनु भन्दा अगाडिको अवस्था हो ।

‘प्रि–हाइपरटेन्सन’ अवस्थामा रहेको व्यक्तिलाई सामान्य रक्तचाप भएको व्यक्ति भन्दा उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ । त्यसैले यस अवस्थामा जीवनशैलीमा आवश्यक परिवर्तन गरेर भविष्यमा उच्च रक्तचाप हुनबाट आफूलाई बचाउन सकिन्छ । सामान्य रुपले आफ्नो दैनिक कामकाज गर्नसक्ने व्यक्तिको रक्तचाप कम हुनु राम्रो मानिन्छ । रक्तचाप जति कम छ, भविष्यमा उच्च रक्तचाप हुने सम्भावना त्यति नै कम हुन्छ ।

लो ब्लड प्रेशर भएका मानिसलाई केही बेर सुतेर वा बसेर अचानक उभिदा टाउको हलुको हुने वा रिंगटा लाग्ने हुनसक्छ । यो समस्या मधुमेह रोगी र रक्तचापको औषधी खाइरहेको व्यक्ति तथा वृृद्धहरुमा यो समस्या बढी देखिन्छ । यस्तो भएमा औषधि वा यसको मात्रा परिवर्तन गर्नुपर्ने हुनसक्छ ।

रक्तचाप नियन्त्रण गर्न के कुरामा ध्यान दिनुपर्छ ?

उच्च रक्तचापको प्रमुख कारण अस्वस्थ जीवनशैली भएकोले, आफ्नो जीवनशैलीमा परिवर्तन गरेर नै रक्तचापको नियन्त्रण गर्न खोज्नुपर्छ ।
जीवनशैलीमा परिवर्तन गर्दै चिकित्सकको सल्लाह अनुसार औषधि नियमित रुपले खानु र समय समयमा आवश्यक जाँच गर्नु नै रक्तचाप नियन्त्रणको मुल सुत्र हो ।

१. नियमित शारीरिक गतिविधि
२. तौल घटाउने
३. नुन कम खाने
४. चुरोट पूर्णरुपले बन्द गर्ने
५. नियमित औषधिको प्रयोग गर्ने

डा. ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ, ग्राण्डी अस्पताल

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७