Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

विश्वमै पहिलोपटक बिटक्वाइनले पायो वैधानिकता, तीन बिटक्वाइन लगानी गरे नागरिकता हातमा

जागरणपोस्ट २७ जेष्ठ २०७८, बिहीबार १५:१५

एजेन्सी : विश्वमै पहिलोपटक बिटक्वाइनले वैधानिकता पाएको छ । र यसोे गर्ने एल साल्भाडोर पहिलो देश बनेको छ । राष्ट्रपति नायिब बुकेलेले लगेको प्रस्ताव त्यहाँको संसद्ले पारित गरेसँगै क्रिप्टोकरेन्सीले वैधानिकता पाएको हो । यससम्बन्धी मतदानमा ८४ मध्ये ६४ जनाले पक्षमा मतदान गरेका थिए । राष्ट्रपति बुकेलेले बिटक्वाइनको प्रयोगसँगै साल्भाडोरनहरुले विदेशबाट रेमिट्यान्स पठाउन सहज हुने बताए । यसका बाबजुद अमेरिकी डलरको प्रयोग पनि यथावत् हुने उनको भनाइ छ ।

एल साल्भाडोरको आफ्नै मुद्रा छैन । ‘यसले देशमा वित्तीय समावेशिता, लगानी, पर्यटन, नवप्रवर्तन र आर्थिक विकासलाई बढावा दिनेछ’, बुकेलेले ट्विट गर्दै भनेका छन् । साथै उनले राज्य स्वामित्वको जियोथर्मल इलेक्ट्रिक फर्म लाजियोलाई बिटक्वाइन माइनिङको सुविधा दिने योजना विकास गर्न निर्देशन दिएको पनि बताएका छन् । त्यसका लागि देशकै ज्वालामुखीबाट नवीकरणीय ऊर्जा प्रयोग गर्न उनको निर्देशन छ । कम्तीमा तीन बिटक्वाइन लगानी गरेको प्रमाण दिए मानिसहरुलाई उनले एल साल्भाडोरको नागरिकता नै दिने पनि पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७