दीपक मनाङेले दिए खेलकुद मन्त्री पदबाट राजीनामा

जागरणपोस्ट २८ जेष्ठ २०७८, शुक्रबार ०८:५०

कास्की : गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् ।

उनले बिहीबार रातिदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

बिहीबार मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिँदा उनी अनुपस्थित थिए । यसैबीच, मुख्यमन्त्री गुरुङले उनलाई पदबाट मुक्त गरेका छन् ।

उनले आफैले युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने गरी संविधानको धारा १६९ उपधारा (२) को खण्ड (ख) बमोजिम आजैका मितिदेखि लागु हुने गरी पदमुक्त गरेको पत्र प्रदेश प्रमुखसमक्ष पठाएका छन् ।

बिहीबार विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त भएका छन् । उनी कामचलाउ सरकारको मुख्यमन्त्रीमा सीमित भएका छन् । संसदमा प्रतिनिधित्व गर्ने ६० सदस्यमध्ये उनको पक्षमा मात्र २७ मत परेको थियो ।

उनको सरकार टिकाइराख्न बहुमत अर्थात ३१ मत आवश्यक थियो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६