Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

गुडिरहेको लोवेटमा करेन्ट लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु

जागरणपोस्ट २८ जेष्ठ २०७८, शुक्रबार ११:४९

सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिका-८ पत्तालेमा क्रेन बोकेर गुडिरहेको लोवेटमा करेन्ट लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु भाएको छ । पोखरातर्फ जाँदै गरेको ग-१क ५१७३ नंको लोवेटमा राखिएको क्रेनले ३३ केभी प्रसारण लाइनमा छुँदा करेन्ट लागि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए ।

उनका अनुसार परी लोवेट चालक बडीगङ्गा गाउँपालिका-५ बाग्लुङ स्थायी ठेगाना भएका २६ वर्षीय भूमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका करीब २४ वर्षीय रामबहादुर परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ८ः४० बजेको समयमा सोलु खोलामा निर्माणाधीन ८६ मेगावाट हाइड्रोपावरको क्रेन मर्मतका लागि पोखरा लैजाँदै गर्दा सडकमाथि रहेको प्रसारण लाइनमा छुँदा घटना भएको प्रनाउ कटवालले घटनास्थलबाट जानकारी दिए ।

यस्तै, सहचालक मालिका गाउँपालिका गुल्मीका १८ वर्षीय वसन्त पौडेल र स्याङ्जाका अन्दाजी २४ वर्षीया लीला परियार सामान्य घाइते भएको बताइएको छ । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाई अवरुद्ध सडक खुलाउने काम भइरहेको ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिए । सिद्धिचरण लोकमार्गमा पर्ने उक्त सडक क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७