Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३-० गोलअन्तरले पराजित

जागरणपोस्ट २८ जेष्ठ २०७८, शुक्रबार २३:५३

काठमाडौं : विश्वकप क्वालिफायर्स अन्तर्गत समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ ।

कुवेतस्थित जाबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेपाल ३-० गोलअन्तरले पराजित भएको छ ।

खेलको छैठौं मिनेटमा म्याथ्यु लेकेइको गोलमा अग्रता बनाएको अस्ट्रेलियाका लागि ३८औं मिनेटमा फ्रान काराकिकले गोल थपे। सुरुबाटै डिफेन्सिभ देखिएको नेपालले आक्रमणको राम्रो अवसरहरु बुन्न सकेन ।

पहिलो हाफको अन्तिम मिनेटमा आक्रमणको क्रममा रहेका अस्ट्रेलियन खेलाडीलाई फउल गरेपछि नेपालका रोहित चन्द रेडकार्ड खाँदै बाहिरिएका थिए । यद्यपि दोस्रो हाफमा दश खेलाडीमा सीमित नेपालले सम्हालिएको प्रदर्शन गरेको थियो ।

पहिलो हाफमा दुई गोलले अघि रहेको अस्ट्रेलियाका लागि तेस्रो गोल खेलको ५७ औं मिनेटमा मार्टिन बोयलले गरेका थिए ।

फिफा वरीयताको ४१औं स्थानमा रहेको अस्ट्रेलियाले यसअघिको खेलमा नेपालमाथि ५-० को सानदार जित निकालेको थियो ।

जितसँगै अस्ट्रेलियाले सात खेलबाट २१ अंक निकाल्दै समूहको शीर्ष स्थान सुरक्षित गरेको छ । नेपालले भने ८ खेलबाट ६ अंक जोड्दै समूहको चौथो स्थानमा समेटियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७