Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

गोर्खालीले अन्तिमसम्म फाइट गरे, खेलाडीहरुको प्रदर्शनसँग खुशी छु : अलमुताइरी

जागरणपोस्ट २९ जेष्ठ २०७८, शनिबार ०९:५४

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी, अस्ट्रेलियासँगको खेलमा नेपाली खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका छन् । अस्ट्रेलियासँग ३-० गोलले पराजित भए पनि खेलको स्तर सुधारिएको अलमुताइरीको भनाइ छ ।

‘गोर्खालीले अन्तिमसम्म फाइट गरे, म खेलाडीहरुको प्रदर्शनसँग खुशी छु, गोर्खाली उपनाम जस्तै खेलाडीले पनि बहादुरीका साथ खेले’ अलमुताइरीले भने । खेलको अन्तिम मिनेटसम्म पनि नेपाली खेलाडीले उत्तिकै आत्मविश्वासका साथ खेलेको देख्दा नेपाली युवा टोलीले भविष्यमा धेरै राम्रो गर्न सक्ने सङ्केत मिलेको उनको भनाइ छ ।

अस्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोडले पनि नेपाली पक्षको प्रतिस्पर्धी क्षमताको प्रशंसा गर्दै नेपालको खेलबाट आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन् । विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा नेपाल अस्ट्रेलियासँग ३-० गोल अन्तरले पराजित भएको हो ।

४५ औं मिनेटमा रोहित चन्द रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सीमित भएर पनि नेपाल अस्ट्रेलियासँग जम्मा तीन गोलले मात्रै हारेको भन्दै प्रशंसा भइरहेको छ । विश्व वरीयतामा अस्ट्रेलिया ४१ औं स्थानमा छ भने नेपाल एक सय ७१ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७