देशकै पहिलो र ठुलो लिक्विड अक्सिजन कारखाना, प्रधानमन्त्री ओलीले गरे शिलान्यास

जागरणपोस्ट ३० जेष्ठ २०७८, आईतवार १८:०७

बिश्सु ज्ञवाली 

रुपन्देही : देशकै पहिलो र ठुलो लिक्विड अक्सिजन कारखाना (प्लान्ट)को प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आज शिलान्यास गरेका छन् । शंकर अक्सिजन ग्यास प्रा.लि को सिमरहवा, रुपन्देही स्थित लिक्विड अक्सिजन प्लान्टको एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो ।

शिलान्यास पछि कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटरबाटै सम्बोधन गर्दै कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि अक्सिजनको तिव्र अभाव झेलिरहेका नेपालका लागि यो प्लान्ट स्थापना असाधारण खुसिको र देशकै गौरवको आयोजना भएको बताए ।

उनले भने- कोरोनाले सिर्जित विकट परिस्थितिले यश कार्यमा प्रेरित गरेको छ । कोरोनाको दोस्रो लहरले आम नेपालीलाई एक्कासि अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले अत्यायो र हामीले महँगो मूल्य तिरेर पनि अक्सिजन सिलिन्डर किन्न बाध्य भयौं ।

दोस्रो लहर उचाइमा चढिरहेको बेला लिक्विड अक्सिजन प्लान्ट राख्ने उद्योगी शंकर अग्रवालको प्रयास सह्रानिय एवं देश प्रति उत्तरदायी भावना युक्त भएको पनि प्रधानमन्त्रीले बताए ।

अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुट लगायतका सहयोग गर्न सरकार तयार रहेको जानकारी पनि प्रधानमन्त्रीले दिए ।

यस्तै, कार्यक्रममा शुभकामना मन्तव्य दिदै निवर्तमान स्वास्थ्य मन्त्री हृदयेश त्रीपाठीले स्थापना हुन गैरहेको लिक्विड अक्सिजन कारखाना महत्वपूर्ण र एतिहासिक क्षण भएको बताए । भर्खरै दोस्रो लहरमा अक्सिजनको अभावले गर्दा धेरैले ज्यान गुमाउनु परेको र त्यस विषम परिस्थितिमा शङ्कर अक्सिजन ग्यासले निकै महत्त्वपूर्ण योगदान गरेको उनले स्मरण गरे । उनले तेस्रो लहरमा जान सक्ने भन्दै खोप अनिवार्य लगाउनु पर्ने बताउदै यसले धेरै हदसम्म जोखिम कम गर्ने बताए ।

यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ मन्त्री भोजप्रसाद श्रेष्ठले कोरोनाले थिलोथिलो पारेको समयमा सबैभन्दा महत्त्वपूर्ण भनेकै असिजन रहेको बताए । गौतमबुद्वको पवित्र स्थलमा एउटा निजी क्षेत्रले नेपाली जनताको जिवनलाई महत्वपूर्ण ठानेर लिक्विड अक्सिजन ग्यासको सिलान्यास गरेको र यस आयोजनाको लागि सरकार र लुम्बिनी प्रदेश सरकार र आफ्नो तर्फबाट आवश्यक पर्ने जुनसुकै साथ र सहयोग गर्ने उनले बताए ।

त्यसैगरी, शंकर अक्सिजन ग्यास प्रा.लि का संचालक तथा प्रबन्ध निर्देशक शंकर अग्रवालले यो आयोजना बाट आफू निकै खुशी भएको बताए । उनले भने : “कहिकतै ग्यासको सर्टेज भएमा यहाँ आउनुस म तुरुन्तै भरेर पठाईदिन्छु, यहाँ यो प्लान्ट स्थापना पछि शुलभ र सस्तो दरमा अक्सिजन उपलब्ध गराउने छु, अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् यो मेरो पहिलो प्राथमिकता हो ।”

नेपाली जनता सबै बराबर रहेको बताउदै उनले यो प्लान्ट स्थापना पछि प्रतिदिन ६० टन लिक्विड अक्सिजन र एक टन नाइट्रोजन ग्यास उत्पादन गर्ने उनले बताए । साथै स्वदेशमा आवस्यकता पुर्ती गरि बढी भएको लिक्विड अक्सिजन बिदेश निर्यात गर्नसक्ने र त्यहाँबाट ब्यापार घाटा कम गर्न मद्दत पुग्ने पनि उनले बताए । महामारीको समयमा आफ्नो ज्यान जोखिममा राखेर दिनरात काम गर्ने सम्पुर्ण कर्मचारीलाई एक महिनाको रकम पुरस्कार स्वरुप प्रदान गर्ने पनि अग्रवालले बताए ।

कार्यक्रममा पुर्व राज्यमन्त्री अब्दुल रज्जाक, संविधान सभा सदस्य महेन्द्र ध्वज जी.सी, रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रहरी नायब महानिरीक्षक कुमार धानुक, नेपाल उधोग बाणिज्य महासङ्गका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ, सिद्धार्थनगर उधोग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले उद्योगको अवलोकन गरेका थिए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६