Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

विषादीलाई प्रतिबन्ध गरेर स्वीट्जरल्याण्ड विश्वको दोस्रो देश बन्छ त !

जागरणपोस्ट ३० जेष्ठ २०७८, आईतवार २१:५२

काठमाण्डौ : स्वीट्जरल्याण्डमा सेन्थेटिक विषादीमाथि प्रतिबन्ध लगाउने वा नलगाउने निर्णय जनमत संग्रहबाट हुने भएको छ । जनमत संग्रहले प्रतिबन्धको पक्षमा मत दिएमा सेन्थेटिक किटनाशकमाथि प्रतिबन्ध लगाउने स्वीट्जरल्याण्ड विश्वको दोस्रो देश बन्ने छ । जनमतसंग्रहमा दुई प्रस्ताव छन् । एउटा प्रस्तावमा विषादी प्रयोग गर्ने किसानलाई सरकारले उपलब्ध गराउने राहत तथा सहुलियत नदिने उल्लेख छ भने अर्को प्रस्तावमा अबको १० वर्षभित्र सेन्थेटिक विषादीमाथि पूर्णरुपमा प्रतिबन्ध लगाउने उल्लेख छ ।

पानीका स्रोतहरुमा असामान्य रुपमा बढिहेको विषादीको मात्रा र यसको असरलाई लिएर अभियन्ताहरुले प्रतिबन्धको वकालत गरिरहेका छन् भने किसानहरुले उक्त प्रस्तावित व्यवस्थाले आफूहरुलाई व्यवसायबाट बाहिर धकेल्न सक्ने बताउँदै आएका छन् ।

स्वीट्जरल्याण्डमा सबै प्रमुख विषयको निर्णय जनमतसंग्रहबाट लिने गरिन्छ । विषादीमाथि प्रतिबन्ध लगाउनुपर्ने अभियानका अभियन्ताहरुले एक लाख हस्ताक्षर संकलन गरेपछि देशव्यापी जनमत संग्रह हुन लागेको हो । सन् २०१३ भुटानले सेन्थेटिक विषादीमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७