Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

इन्डोनेसियामा फेब्रुअरीपछि पहिलोपटक कोभिड-१९ सङ्क्रमितको सङ्ख्या उच्च

जागरणपोस्ट ३० जेष्ठ २०७८, आईतवार २२:१४

एजेन्सी : इन्डोनेसियामा आइतबार २४ घण्टामा कोभिड-१९ बाट थप सङ्क्रमितको सङ्ख्या नौ हजार ८६८ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार इन्डिोनेसियामा अहिलेसम्म १९ लाख ११ हजार ३५८ व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । यहाँ मृत्यु भएका कोभिड-१९ सङ्क्रमितको सङ्ख्या आइतबार थपिएको १४९ सहित ५२ हजार ८७९ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोभिड-१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या चार हजार ६५५ रहेको बताइएको छ । यो सङ्ख्या थप सङ्क्रमितको सङ्ख्याभन्दा झण्डै ५० प्रतिशतले कम हो । दक्षिणपूर्वी यस मुलुकमा अहिलेसम्म कूल १७ लाख ४५ हजार ९१ व्यक्ति सङ्क्रमणमुक्त भइसकेका छन् ।

भाइरस सङ्क्रमण देशका २४ प्रान्तहरूमा फैलिएको छ ।

विशेष गरी बितेको २४ घण्टामा जकार्तामा दुई हजार ७६९ व्यक्तिमा थप सङ्क्रमण पुष्टि भएको छ भने सेन्ट्रल जाभामा दुई हजार ५७९ पश्चिम जाभामा एक हजार २४२, यज्ञकार्टामा ४६६ र पूर्वी जाभामा ४१८ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । देशको पश्चिम सुलावेसी प्रान्तमा कुनै नयाँ सङ्क्रमित नभेटिएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७