Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

बन्दुकधारीद्धारा १० जनाको हत्या

जागरणपोस्ट १ असार २०७८, मंगलवार १२:३८

सिन्ह्वा : नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको जनाइएको छ । उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार सो घटनाको पुष्टि गरेका थिए । उनले बन्दुकधारी व्यक्ति भ्यानमा आएर बारमा बसेका मानिसमाथि गोली चलाएको बताए ।

गोली लागेर घटनास्थलमै ती व्यक्तिको ज्यान गएको बताइएको छ । आइतबार साँझ सो दुर्घटना भएको ती प्रहरी प्रमुखले जानकारी दिएका हुन् । उक्त घटनापछि उक्त भ्यानमा आएका व्यक्तिको खोजी कार्य शुरु भएको प्रहरीले जनाएको छ । उनीहरुलाई भेट्न भने नसकेको पनि प्रहरीले जानकारी दिएको छ ।

आइतबार साँझ सो दुर्घटना भएपछि प्रहरी र सेनाले घटनास्थललाई घेरा हालेर बन्दुकधारीको खोजी थालेको र सोमबारसम्म उनीहरुलाई पक्राउ गर्न नसकेको बताइएको छ । यो क्षेत्रमा विगतमा पनि हिंसा हुने गरेको थियो । बन्दुकधारीले गाउँ गाउँमा पुगेर सर्वसाधारण तथा किसानको हत्या गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७