Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

भारतमा ७५ दिनयताकै सब भन्दा कम कोरोना सङ्क्रमित

जागरणपोस्ट १ असार २०७८, मंगलवार १५:४६

एजेन्सी : भारतमा आइतबार ६० हजार ४७१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । हिजो सोमबार भारतमा ७५ दिनयताकै यो सब भन्दा कम कोरोना सङ्क्रमित फेला परेको हो ।

गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण २ हजार ७२६ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कूूल व्यक्तिको संख्या ३ लाख ७७ हजार ३१ भएको जनाइएको छ । यहाँ हाल कोरोना सङ्क्रमितको कूल संख्या २ करोड ९५ लाख ७० हजार ८८१ पुगेको मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

गत २४ घण्टामा १ लाख १७ हजार ५२५ जना कोरोना भाइरस सङ्क्रमित मुक्त भएका छन् । यसैसँग भारतमा २ करोड ८२ लाख ८० हजार ४७२ जना कोरोना मुक्त भएका बताइएको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त हुने दर ९५.६४ प्रतिशत रहेको छ । हाल यहाँ ९ लाख १३ हजार ३७८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोना शुरु भएयता हालसम्म यहाँँ ३८ करोड १३ लाख ७५ हजार ९८४ जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि जुन १३ तारिखसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७