Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची क्षेत्र तहसनहस, ५० जना भन्दा धेरै बेपत्ता

जागरणपोस्ट २ असार २०७८, बुधबार ०८:३०

काठमाडौं : मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र तहसनहस भएको छ ।

बाढीपछि जमेका बालुवायुक्त माटोले घरका दोस्रो तलासम्म ढाकेको छ । बाढीले जिल्लाभर १० भन्दा बढी मानिस सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

हिजो दिउँसोदेखिको बाढीले रातभरमा हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र अस्तव्यस्त बनाएको हो ।

हेलम्बु र मेलम्चीको पूरै बजार लगभग डुबानमा परेको छ, कयौँ घर बगेका छन् । प्रहरीले सात जना सम्पर्कविहिन भएको जानकारी दिएको छ ।

बाढीमा माटो र बालुवाको मात्रा धेरै देखिएकोले माथिल्लो क्षेत्रमा ठुलठुला पहिरो गएको अनुमान गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले ५० जना भन्दा धेरै वेपत्ता भएको बताए ।

 

बिजुली र सञ्चार सम्पर्क नहुँदा सूचना संकलनमा कठिन भइरहेको सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले जानकारी दिए ।

‘मेलम्ची क्षेत्रको अवस्था कल्पनै गर्न नसकिने छ, बिजुली र सञ्चार सम्पर्क छैन, हामी माताहतका प्रहरीलाई पनि सम्पर्क गर्न कठिन भएको छ, अहिले सीडीओसहितको बैठक बसेर के गर्ने भन्ने छलफल गर्दैछौँ ।’ एसपी अधिकारीले भने । बाढीले कयौँ पुल, सडक,घरटहरा, खानेपानी आयोजना, क्रसर लगायतका संरचना बगाएको छ ।

तस्बिर : सामाजिक संजाल फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७