Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

‘जबजब विपद आईलाग्छ मेरो देश जात्रा गर्छ’ : विपद जात्रा

जागरणपोस्ट ३ असार २०७८, बिहीबार १७:३७

एस के निधन//
————
जबजब
विपद आईलाग्छ मेरो देश जात्रा गर्छ
जस्तो कि :
बाढीपहिरो पिडा जात्रामय बनाईएको छ।

बेचेर पहिरोको फोटो
गाएर बाढिमा बग्नेको चित्कार
काठमाडौमा निस्किनेछन झोलीतुम्बेहरु
फलाक्नेछनस्
“pray for melamchee”
र माग्ने छन
मास्टरले लत्ताकपडा
डाक्टरले चाउचाउ
गोरु ब्यापारीले सिटामोल
आयल निगमले खानेपानी
दुग्ध बिकास सस्थानले सेनेटरी प्याड
उद्योग वाणिज्य संघले रगत
रेडक्रसले जुत्ता-चप्पल
निर्माण ब्यवसायीले चामल
होटल ब्यवसायीले त्रीपाल
उफ !
जब प्राकृतिक बिपद आईलाग्छ
मेरो देश जात्रा गर्छ।

विपदको बेला
सम्पादक सम्बादाता थर्काउछ
फोटोमा घर भत्किएको आउनु पर्यो
मान्छे किचिएको देखिनु पर्यो
रिपोर्टिङमा रोएको चिच्याएको सुनिनु पर्यो
पोहोर ,परार र झनपरार जस्तै
यसपटक पनि टेलिभिजनको दृश्यमा मेलम्ची देखाईन्छ
पत्रीकाको पानामा मेलम्ची छापिन्छ
रेडियोमा मेलम्ची चिच्याईन्छ
बहिरो सरकार सुन्दैन
अन्धो सरकार देख्दैन
लाटो सरकार बोल्दैन
जब बालुवाटारको शयनकक्षमा
तब समृद्ध सरकार
हेलिकप्टरबाट चियोचर्चो गर्छ
र घोषणा हुन्छ
“मेलम्ची बचाउ अभियान”
अनि
गोर्खापत्रमा छापिन्छ,
प्रधानमन्त्री राहत कोषको बैंक खाता।

विपद ब्यवस्थापनमा
डाक्टर डाक्टर हुनुपर्ने हो
रेडक्रस रेडक्रस हुनुपर्ने हो
मास्टर मास्टर हुनुपर्ने हो
पत्रकार पत्रकार हुनुपर्ने हो
ब्यापारी ब्यापारी हुनुपर्ने हो
नेता नेता हुनुपर्ने हो
कार्यकर्ता कार्यकर्ता हुनुपर्ने हो
तर,
सरकार सरकार जस्तो नभएपछि
मान्छे मान्छे नहुदोरहेछ ।
————————-
जबजब
विपद आईलाग्छ
मेरो देश मगन्ते जात्रा गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७