Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

छोएर वर-पीपलु !

जागरणपोस्ट ६ असार २०७८, आईतवार ०९:२४

एस.के.निधन//

बहुलाउने भनेकै सद्दे मान्छे हो
जस्तो कि :
यसपटक नवराज पराजुली बौलायो ।
———————–
देखेको छु ,
कुट्मेरोको रुख चढेर आमाले घास काटेको
सालको रुख चढेर भाउजुले पात टिपेको
बेलको रुख चढेर काकीले बेलपत्र बटुलेको
सम्झना छ ,
रुखमा अड्किएको चङ्गा
दिदीले झिकेर ल्याईदिएको
पखलाको औषधि भन्दै
बहिनीले काँचो बेलौती टिपेर दिएको ।
—————————
आमाले चोर्नु भएन
कुट्मेरोको टोक्रोबाट ढुकुरका फुल
भाउजुले काट्नु भएन
सालको रुख चढेर सालकै टुप्पो
काकीले फेर्नु भएन
बेलको रुखबाट पिसाव
दिदीले गरिनन
पिपलको हागोमा समातेर दिसा
बहिनीले देखिन
बेलौतिको रुखबाट मलाई कुरुप
के नगर्नु पर्ने नगर्नु ,रुख नचढ्नु हो ?
————————-
मैले,
रुख चढेकी आमालाई आमा नै देख्छु
रुख चढेकी काकीलाई काकी नै देख्छु
रुख चढेकी भाउजुलाई भाउजु नै देख्छु
रुख चढेकी दिदीलाई दिदी नै देख्छु
रुख चढेकी बहिनीलाई बहिनी नै देख्छु
उसले ,
रुख चढेकी प्रेमिकालाई प्रेमिका देख्दैन
मात्रै देख्छ उसको गुप्तांग
यसैले ,
सन्चो भएर फर्किएपछि
छोएर वर पीपलु सोध्नु छ :
नवराज !
तैले चढेको वरको रुख अग्लो कि
पासाङ्ल्हामुले चढेको सगरमाथा ?
————————-
बहुलाउने भनेकै सद्दे मान्छे हो
जस्तो कि ?
यसपटक नवराज पराजुली बौलायो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७