तरवारको डरमा टिप्पर चालककी श्रीमती र सालीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ दुई फरार

जागरणपोस्ट ८ असार २०७८, मंगलवार १५:०६

काठमाण्डौ : गत आइतवार राति करिब १० बजे दाङको लमहीमा गुडिरहेको टिप्परलाई अचानक बाटोमै रोकियो । उक्त टिप्पर लमही ७ कमानपुरस्थित सम्राट सिमेन्ट उद्योगमा चुन ढुंगा छोडेर फर्किंदै थियो । तीन जना युवाले तरवार देखाएर टिप्परलाई रोके । लगत्तै चालक र सहचालकलाई रुखमा बाधियो । र टिप्परमा रहेका दुई महिलामाथि सामूहिक बलात्कार भयो । जसमध्ये एकजना चालककी श्रीमती र अर्की एकजना चालककै साली थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमवार पीडित महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो र रिपोर्टमा दुबै जनामाथि बलात्कार भएको देखिएको छ । प्रहरीले घटनामा संलग्न तीन जनामध्ये एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही ७ कमानपुरका २१ वर्षीय किरण बुढा रहेका छन् ।

फरार दुई युवकको पहिचान खुलिसकेको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । फरार हुनेमा लमही नगरपालिका वडा नं– ७ कमानपुरका २० वर्षीय प्रेम परियार र लमही–६ देउपुरका २० वर्षीय अर्जुन चौधरी (अरविन्द्र) रहेका छन् । फरार २० वर्षीय प्रेम परियार घरबाट प्रहरीले मोबाइल र नगद २६ हजार रुपैयाँ बरामद गरेको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६