विलियम शेक्सपियर : जसको कृतिमा अँग्रेजीका सबैभन्दा बढी शब्द समेटिएका छन्

जागरणपोस्ट ८ असार २०७८, मंगलवार १५:३९

विजय ज्ञवाली//

विलियम शेक्सपियर (१५६४–१६१६) अँग्रेज नाटककार, कवि एवं अभिनेता हुन् । नाटक विधामा यति उच्चकोटीको नाटककार विश्वमा अरु कसैलाई मानिदैन । उनलाई बेलायतका राष्ट्रकवि पनि भनिन्छ । उनले आफ्नो जीवनकालमा ३७ नाटक, १५४ लघुकाब्य र दुई लामा काब्य लेखे । उनका कृतिहरू संसारका धेरै भाषामा अनुवादित भएका छन् । धेरै विश्वविद्यालय वा शिक्षण संस्थाका पाठ्यक्रममा राखिएका छन् ।

ल्याटिन, रोमन र ग्रीक भाषाबाहेक अँग्रेजीमा सबैभन्दा बढी शब्द नाटककार विलियम शेक्सपियर एक्लैले समेटेका छन् १७ सय शब्द । उनका ३७ वटा नाटक र १५४ कविताभित्र पसेका रहेछन् आगन्तुक शब्द । केही उदाहरण– एसासिनेसन (हत्या), एडभटाईजिङ (विज्ञापन), ब्ल्याङकेट (पाखी), च्याम्पीयन (विजेता) गोसिप (बकम्फुसे कुरा), जेनेरस (उदारमना), लोनली (एक्लो), मिमिक (नकलबाजी), ओड (गीत वा ५० देखि २ सय पंक्तिको कविता), पुकिङ (वाकवाकी÷वान्ता गरिरहेको), टर्चर (यातना), जेनी (मूर्ख टाईपको ठट्टावाज, मारुनी नाचको पुर्सुङ्गे) ।

१८ वर्षको उमेरमा उनको एन्ने हाथावेसँग विवाह भयो । तीनवटा छोराछोरी–सुसाना र ह्याम्नेट तथा जुडिथ (जुम्ल्याहा) भए । उनको ५२ वर्षकै उमेरमा निधन भयो । तर निधन के कारणले भयो यकिन छैन । जोहन वार्ड भन्ने एक पादरीको नोटबुकमा शेक्सपियर र अन्य दुई जना साथीहरूको भेटमा धेरै रक्सी पिएकोले उनको मृत्यु भएको उल्लेख छ भनिन्छ ।

यिनको पहिलो कृति द मर्चेन्ट अफ भेनिस (भेनिसको ब्यापारी) आठ कक्षामा पढियो । हेड सर दीनप्रसाद सुवेदीले अत्यन्त सरल तरिकाले बुझाउनु भएको थियो । ९–१० कक्षामा टु जेन्टलमेन अफ भेरोना पढेको । आई.ए.मा ह्यामलेट र बी.ए.मा जुलियस सिजर पढियो । रोमियो एण्ड जुलियट र रिचार्ड द्वितीय स्वाध्याय हो ।

अरु कृति पढिएन । शेक्सपियरका कृति उनकै समकालीन अँग्रेजी त आजका सबै अँग्रेजले पनि पढ्न सक्दैनन् । केही आधुनिक अँग्रेजी हिज्जेमा र केही हिन्दीमा पढ्न पाइयो । सनेट (लघु काब्य) लगायतका अन्य कृति पढेको छैन । उक्त वाणी इतिहासमा आधारित उनको नाटक ‘रिचार्ड द्वितीय’, खण्ड ५ दृश्य ५ को संवादबाट लिइएको हो ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९