दिल्ली लगेर बालिका बलत्कार गरेको आरोपमा एक ब्यक्ती समातिए

Bijay Gyawali २२ श्रावण २०७६, बुधबार १६:५३

आमाको सहयोगमा १२ वर्षकी बालिकालाई दिल्ली लगेर १५ दिनसम्म बलात्कार गरेको आरोप लागेका सियाराम महतो पक्राउ परेका छन् । महोत्तरीको भंगहा नगरपालिका–६, थारुटोल बन्द्रका ४० वर्षका महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनापश्चात बालिकालाई घरमा ल्याएर फरार रहेका महतोलाई मंगलबार दिउँसो महोत्तरीको गौशालाबाट पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आरोपी महतोमाथि ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै बालिकाको आमा पनि जिल्ला प्रहरी कार्यालयमा हाजिर भएको र उनीसँग सोधपुछ तथा अनुसन्धान गरिरहेको उपरीक्षक अधिकारीको भनाइ छ ।
बालिकाले घर फर्केपछि स्थानीयको सहयोगमा गएको असार २२ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सियारामका साथै घटनामा सहयोग गर्ने सियारामका बुबा रामाशीश महतो र स्थानीय रामजतन महतोमाथि किटानी जाहेरी दर्ता गराएकी थिइन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८