ब्रेकिङ न्युज:

१५ बर्षको सम्बन्ध टुट्यो, अलग भए आमिर खान र किरण राव

जागरण पोस्ट १९ असार २०७८, शनिबार १५:१६

एजेन्सी : बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले सम्बन्ध विच्छेद गरेका छन् । उनीहरुले आफ्नो सम्बन्ध विच्छेदको खबर साझा गर्दै एक जोइन्ट स्टेटमेन्ट जारी गरेका हुन् ।

आमिर र किरण १५ बर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए । फिल्म आलोचक तरण आदर्शले आमिर र किरणको साझा बयान सोशल मिडियामार्फत सार्वजनिक गरेका छन् । जसमा लेखिएको छ, ’यस १५ बर्षको एकजुटतामा, हामीले जीवनका अनुभवहरू साझा गरेका छौं, खुशी छौं, हाँसेका छौं र हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान र प्रेममा अघि बढेको थियो । अब हामी हाम्रो जीवनको नयाँ अध्याय सुरू गर्न लागेका छौँ । अब हामी पति र पत्नीको रूपमा होइन तर सह–अभिभावक र एक अर्काको परिवारको रूपमा बाँच्नेछौं । हामीले केहि समय पहिले नै अलग हुने निर्णय गरेका थियौं र अब हामी अलग भएका छौं’ ।

किरण राव बलिउड स्टार आमिरकी दोस्रो पत्नी हुन् । ५६ वर्षीय आमिर खानले २००५ मा किरण रावसँग विवाह गरेका थिए । आमिरले यसभन्दा पहिले सन् १९८६ मा रीना दत्तासँग विवाह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७