ब्रेकिङ न्युज:

उदितनारायण झाको बलिउडमा ४१ वर्ष पुरा

जागरण पोस्ट २२ असार २०७८, मंगलवार १३:४०

मुम्बई : बलिउडका गायक उदितनारायण झाले बलिउड यात्राको ४१ वर्ष पुरा गरेका छन् । उनले सोमबार इन्स्टाग्राममा तस्वीरसहित एक पोस्ट लेख्दा आफ्नो नोस्टाल्जिकपन प्रकट गरेका छन् ।

‘४१ वर्ष अघि फिल्म ‘उन्नीस बिस’ मार्फत भारतीय फिल्म र संगीत उद्योगमा पाइला चालेको थिएँ । यो गीतको संगीत राजेश रोशनजीले गर्नुभएको थियो । मेरो आइडल श्री मोहम्मद रफी सा’बसँग गाउन पाउदा मेरा लागि सबैभन्दा खुशीको क्षण थियो’, उनले लेखेका छन् । उनले बलिउड यात्राको पहिलो गायनको तस्वीर पनि राखेका छन् ।

उदितले बलिउडमा सन् १९८० ताका करियर सुरु गरेका थिए । यसको आठ वर्षपछि आमिर खानको फिल्म ‘कयामत से कयामत तक’ को गीतहरु ‘पापा केहते है’, ‘अकेले है’ र ‘आय मेरे हम सफर’ गाएपछि उदितले पछाडि फर्केर हेर्नु परेन । उदितका लोकप्रिय गीतहरुमा ‘धकधक कर्ने लगा’, ‘मुझे निन्द ना आये’, ‘पेहला नशा’, ‘जादु तेरी नजर’, ‘तु चिज बडी है मस्त’, ‘मेहन्दी लगा के रखना’, ‘आय हो मेरी जिन्दगी मे’, ‘ए अजनबी’ लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७