ब्रेकिङ न्युज:

सडेको अवस्थामा शव फेला

जागरण पोस्ट २७ असार २०७८, आईतवार १४:४१

जलेश्वर : गत जेठ २० गते हत्या गरी बेपत्ता पारिएकी महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ भ्रमपुरा गाउँ बस्ने २६ वर्षीया सुजिता ठाकुरको शव आज बिहान प्रहरीले आधा सडेका अवस्थामा फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सुजिताको शव भ्रमरपुरा–जनकपुर सडकखण्डमा भ्रमरपुरा गाउँभन्दा एक किलोमिटर पूर्वमा अवस्थित पेट्रोलपम्पको शौचायलको ट्याङ्कीसँगै १३ फिट गहिरो खाल्डोमा फेला परेको हो ।

सडक सतहदेखि नौ फिट गहिरोमा पेट्रोलपम्पको शौचालय रहेको र शौचालयसँगै टाँसिएर रहेको सुजीताका ससुरा पतिराम ठाकुरको खेतमा खाल्डो खनी शव राखेर माथिबाट ढुङ्गा, बालुवा र सिमेन्टले पक्की ढलान गरेको अवस्थामा प्रहरीले सुजिताको शव बिहान १० बजे फेला पारेको हो ।

देवर रुपेश, ससुरा पतीराम, पति मुकेशसहित छ व्यक्तिले मिलेर सुजिताको हत्या गरी घरदेखि दुई किलोमिटर मनरहिया वनमा अवस्थित आफ्नै खेतमा पाँच फिट खाल्डो खनी गाडेको बताइएको छ ।

घटनाबारे टोल छिमेकबाट सुइँको पाएर माइती पक्षले प्रहरी, मानव अधिकारकर्मी, अधिकारवादी, प्रदेश सरकारका गृहमन्त्री र मधेश आयोगलगायतबाट सहयोग पाएर उनको शव गाडिएको स्थानमा यही असार १३ गते उत्खनन गर्दा प्रहरीले त्यहाँबाट कपाल, रगत, नुन, मलखाद, डोरी र तन्ना बरामद गरेपछि घटना थप रहस्यमय बनेको थियो ।

शवको अवशेष प्राप्त भएकै दिन प्रहरीले घटनामा संलग्न रहेका आरोपमा उनका देवर रुपेश र पति मुकेशलाई नियन्त्रणमा लिएको थियो । संलग्न व्यक्तिको केरकारपछि आज एक महिना आठ दिनपछि सुजिताको शव फेला पार्न सफल भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७