ब्रेकिङ न्युज:

बालागुरु षडानन्द पढ्नुभएको संस्कृत विद्यालय भत्कियो

जागरण पोस्ट २८ असार २०७८, सोमबार १८:२४

जलेश्वर : महोत्तरीको मटिहानी नगरपालिका—७ स्थित नेपालकै जेठो संस्कृत माध्यमिक विद्यालयको भवन आज दिउँसो भत्किएको छ । बालागुरु षडानन्द पढेका सो राजकीय संस्कृत माध्यमिक विद्यालयको ११० वर्ष पुरानो भवन आज दिउँसो भत्किएको हो ।

प्रधानाध्यापक ईश्वरी पौडेलका अनुसार सो आवासीय विद्यालयमा मुलुकको २७ जिल्लाका १५५ बटुक (विद्यार्थी) पढ्दै आएका छन् । छात्राबासका रुपमा प्रयोग हुँदै आएका आठ कोठामध्ये कोठा नं. १ को अचानक छतसमेत भत्किएको छ । बटुकहरु कक्षा कोठामा पढिरहेका बेला भवन भत्किएकाले मानवीय दुर्घटना हुनबाट जोगिएको उनको भनाइ छ ।

विसं १९६८ मा चुना, सुर्की, सख्खर, ईंट, बालुवालगायत सामग्रीको प्रयोगबाट बनेको सो भवनलाई मर्मतसम्भार गर्दै आएपनि छत चुहिने, पर्खालमा चिरा पर्ने, ठाउँ ठाउँमा चर्किनेजस्ता समस्या रहँदै आएको प्रधानाध्यापक पौडेलले बताए । विद्यालयलाई हालकै स्वरुपमा पौराणिक एवं ऐतिहासिक धरोहरकै रुपमा संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले त्यसका लागि सरोकारवाला सबै पक्षसँग आग्रह गरे । भवन भत्किएपछि बटुकहरुलाई खान, बस्न, सुत्न र अतिरिक्त क्रियाकलाप गर्न समस्या हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७