जादाजादै !

Jagaran Post २९ असार २०७८, मंगलवार १३:२५

एसके निधन

प्रश्न पत्र बनाउने म
परीक्षा दिने म
परिक्षण गर्ने म
पुर्णाङ्क दिने म
सर्बोत्कृष्ट हुने म
प्रष्ट छ,

मैले प्रश्न बनाउनु – देशले बनाउनु थियोे
मैले परीक्षा दिनु – देशले दिनु थियो
मैले परीक्षण गर्नु – देशले गर्नु थियो
म उत्कृष्ट हुनु – देश उत्कृष्ट हुनु थियो
तर
मेरो उत्तर पुस्तिका
सर्बोच्चले सम्परिक्षण गर्यो
अङ्क घटाएर अनुत्तीर्ण भन्यो
कमरेडहरु !
नारा लाउनुस
टायर बाल्नुस
पुत्ला जलाउनुस
हेक्का राख्नुस
म फेल हुनु भनेको देश फेल हुनु हो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८